सीप सिके युवा विदेशिनु पर्दैन

खरीबोट

चितवन / आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् । 

दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्किएका पश्चिम चितवनको पार्वतीपुर निवासी ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार हुनुका साथै आठ जनालाई रोजगारी पनि दिएका छन । 

विदेशको तापमा भन्दा नेपालमानै सीप सिकेर केही गरौँ भन्ने उद्देश्यका साथ फर्कनुभएका उनले कपाल काट्ने तालीम लिए  । सिग्देलले भने  “साधारण तालीम यही लिएँ र डिप्लोमा स्तरको तालीम काठमाडौँमा लिएँ ।” त्यसपछि चितवन फर्किएर आफ्नो व्यवसाय शुरु गरे । भरतपुरको चौबिसकोठीमा कोठा भाडामा लिएर पपुलर युनिसेक्स सैलुन उनले शुरु गरे । 

नेपाल फर्किएपछि तालीम लिनु अघि सिग्देलको एक युवतीसँग प्रेम सम्बन्ध रह्यो र उनलाई पनि ब्यूर्टिपार्लरसम्बन्धी तालीम लिन लगाए  । पसल खोलेसँगै सिग्देलले बिहे गरे  उनले पुरुषको कपाल काटे  भने श्रीमती सुस्मिता चालिसेले सँगै महिलाको पार्लरसम्बन्धी काम गरिन । 

झण्डै तीन लाख लगानी गरेको सैलुनले एकै महिनामा  एक लाखसम्म बचाउन थाल्यो । पाँच वर्षपछि अहिले उनले नजिकै ठूलो कोठा लिएर उच्चस्तरको सजावटसहितको वातावरण अनुकूलित सैलुन शुरु गरेका छन । सिग्देलले खुशी हुँदै भने “सजावटमा मात्र रु २० लाख खर्च गरेको छु ।” उनको शैलुनमा महिला पुरुष दुवैको कपाल काट्ने, फेसियल गर्ने, स्टेट पार्ने, मिनी कियर, पेडी कियर, आयल मसाज, डेढलक, हेयर कलर, दाह्री फाल्ने, बेहुला बेहुलीको मेकपजस्ता काम हुने गर्दछन् । 

एउटै कामबाट ३५ हजारसम्म बुझ्ने गरेको भन्दै उनले  १०० को दाह्री काट्नेदेखि  ३५ हजारको डेढलक गर्नेसम्मका काम गरेको बताए । सँगै डिप्लोमा स्तरको तीन महिने र छ महिने तालीम पनि शुरु गरेको सिग्देलले बताए । तीन महिने तालीमलाई २० हजार र छ महिने तालीमलाई ३० हजार लिने गरेको उको भनाइ छ । 

व्यवसाय शुरु गरेसँगै आफन्तलाई सीप सिकाउने र काम लगाउने गर्न थालेको सिग्देलले बताए । उनले भने “आठ जनाले रोजगारी पाएका छन् । उनीहरू भाइबहिनी साली, भान्जीलगायतका रहेका छन् ।” 
 

सम्बन्धित समाचार

मूल्य घटाएको विरोधमा चितवनमा दूध पोखेर प्रदर्शन

रत्ननगर, चितवन । दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन्

चितवनमा किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता

चितवन / चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् ।  यस्तै समस्याले पहिलो किस्ता पाएका पीडितहरुले दोस्रो किस्ता पाएका छैनन् । तेस्रो

चितवन राष्ट्रिय निकुञ्जमा छब्बीस गैँडा मरे

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर

बालबालिका आकर्षित गर्न शिशु कक्षामा खाजा

चितवन / रत्ननगर नगरपालिकाले बालबालिकालाई सरकारी स्कुलमा आकर्षित गराउन शिशु कक्षामा खाजा कार्यक्रम शुरु गरेको छ ।  नगरप्रमुख नारायण वनका अनुसार रत्ननगरका ३२ विद्यालयका ८७७ विद्यार्थी खाजा कार्यक्रममा सरिक भएका छन्