भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

खरीबोट

भक्तपुर । आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । 

पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

तीव्र गतिमा आएको टिपरले अगाडि गइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको र टिपर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले टिपर चालक ललितपुर बस्ने ३० वर्षीय राजन खड्गी र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए । 

सम्बन्धित समाचार

सिद्धबाबा दुर्घटनामा दुईको मृत्यु

पाल्पा / तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् ।

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

वासिङ्टन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ ।  यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु

भक्तपुरमा स्कूल बस दुर्घटनामा ६५ विद्यार्थी घाइते (अपडेट)

भक्तपुर  । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न मध्यपुरथिमि–९ नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते

भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते

भक्तपुर  । भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् । दुर्घटनामा परेको स्कुल बस क्रिश्चियन कम्युनिटी स्कुलको भएको प्रहरीले जनाएको छ ।  बस मुलपानीबाट  बा २ क