‘ॐ’ को अर्थ र आध्यात्मिक महत्व

खरीबोट

अन्य शब्दहरुको अर्थ भएको जस्तै ‘ॐ’को कुनै अर्थ छैन । त्यसैले ‘ॐ’शब्द होइन् । हरेक ध्वनीहरु आहादनाद हुन् । अर्थात हरेक ध्वनीहरु कुनै दुई चिजको टक्रावटबाट निस्कन्छ । तर ‘ॐ’अनाहदनाद हो । कुनै दुई चिजको टक्रावट विनै ‘ॐ’ध्वनी निस्कन्छ तसर्थ  साँचो अर्थमा‘ॐ’ध्वनी पनि होइन । केहि त भन्नै पर्छ । ओमलाई ध्वनी भन्नु बाध्यता हो । 

‘ॐ’ध्वनी सबै भन्दा सुस्मत्मध्वनीहरु ‘अ’, ‘उ’ र ‘म’ध्वनीहरुको संयुक्त रुप हो । ‘अ’, ‘उ’ र‘म’सबै ध्वनीहरुका जननी ध्वनी हुन् । ‘अ’, ‘उ’ र ‘म’मध्य कुनै एकको प्रयोग नगरी कुनै ध्वनीको उच्चारण सम्भव नै छैन । यि ध्वनीहरु विना कुनै किसिमको ध्वनीको अस्तित्व सम्भव छैन । तर कुरा यतिमा सिमित छैन । समग्र जगत र चराचर मात्राको जननी पनि‘ॐ’ध्वनी नै हो । 

सबै भौतिक वस्तु उर्जाका तरङ्ग नै हुन् भन्ने सन्दर्भमा अध्यातम विज्ञान र आधुनिक विज्ञान सहमत छन् । तर भेद कहाँ छ भने विज्ञानले करेन्टलाई उर्जाको सुस्मत्म रुप मान्दछ तर  अध्यात्मले ध्वनीलाई उर्जाको अन्तिम रुप मान्दछ । अनि ध्वनिको सबै भन्दा सानो ईकाइ ‘अ’, ‘उ’ र ‘म’हो । तसर्थ ‘अ’, ‘उ’ र ‘म’ध्वनी सम्पूर्ण जगतको सुस्मत्म रुप हो । 

सबै ग्रहहरुको विशिष्ट प्रकारका आवाजहरु छन् । मानिसको कानले २० देखि २००० Hz सम्मको आवाजमात्र सुन्न सक्छ । २० Hz भन्दा सुस्म र २००० Hz भन्दा चर्को आवाज मानिसले सुन्न सक्दैन । तसर्थ मानिसहरुले ग्रहहरुको आवाज सुन्न सक्दैन । तर खगोलको अध्ययन गर्ने अन्तराष्ट्रिय संस्था नासाले विभिन्न ग्रहहरुका आवाजहरु रेकड गरेको छ । नासाले रेकड गरेको अनुसार ‘ॐ’ध्वनी सुर्यको ध्वनी हो । सुर्यको ताव र प्रकास नै सम्पूर्ण चराचर जगतको जननी हो ।

लेखक : महेश श्रेष्ठ 

 

यस सन्दर्भमा पनि‘ॐ’ध्वनी समग्र जगत र चराचर मात्राको जननी हो भन्ने पुष्ठि हुन्छ । तर अध्यात्मले यसलाई केवल सुर्यको आवजको रुपमा मात्रै बुझेको छनै । अध्यात्मले ‘ॐ’ध्वनीलाई सिंगै ब्रम्हाणको आवज भन्दछ । जब निर्विचार भएर साच्चि कै हाम्रो मन शान्त अवश्थामा पुग्दछ । तव आफ्नै शरिर भित्र र सम्पूर्ण वातावरणमा ‘ॐ’ध्वनी गुञ्जन्छ भन्ने निर्वाण प्राप्त गुरुहरुले भन्ने गरेका छन् ।  

‘ॐ’को आध्यात्मिक महत्व

ईश्वरको सन्दर्भमा, आत्माको सन्दर्भमा वा अर्को जुनीको सन्दर्भमा विभिन्न धार्मिक मान्यता बिच मतहरु बाझिएका छन् तर ‘ॐ’को सन्दर्भमा तिनीहरुको मतमा समानता छ ।

सतहिमा हेर्दा ‘ॐ’ध्वनीको प्रयोग हिन्दु, बौद्ध र जैन धर्मालम्बीहरुले मात्रै प्रयोग गरेका पाइन्छन् । तर आध्यात्मक गुरुहरुका अनुसार मुसलमान, यहुदी र इसायीले आफ्नो प्रर्थानाको अन्तमा भन्ने शब्द ‘ओमन’ र ‘अमिन’, ‘ॐ’कै अपभ्रंस भएको रुप हो । त्यस्तै मुस्लिमले भन्ने ‘अल्लाह’ र इसाईले भन्ने Omnipresent, Omnipotent र Omniscient को Omni शब्द यसै ध्वनीबाट प्रभावित भएका हुन् ।

‘ॐ’ध्वनीवा यो सँग मिल्दोजुल्दो ध्वनीलाई विभिन्न धार्मिक समुदायले मन्त्र वा प्रार्थान गर्ने समय जस्तो विशेष अवसरमा प्रयोग गर्दछ ।‘ॐ’ध्वनी मात्रै नभई प्राचिन समयका मन्त्रहरुमा प्रयोग हुने गरेका शब्दहरुका खासै केहि अर्थ हुदैन थिए । त्यस्ता शब्दहरु तत्तकालिन समयमा ज्ञानीहरुले कुनै विशेष साधनको उपयोगबाट निस्किएको ध्वनीहरु नभई प्रकृर्तीक रुपमा स्वत सुनिने ध्वनीहरु मन्त्रहरुमा प्रयोग गर्ने गर्द थिए । तर यस्ता ध्वनीहरुको तरङ्गीय क्षमता निकै धेरै हुने गर्दथ्यो । ति ध्वनीहरु यति च्वटिला हुने थिए कि तिनीहरुले ध्वनी उच्चारण गर्ने मानिस र ध्वनी सुन्ने मानिसको मानसीक अवस्था र आन्तरिक शारिक अवस्थालाई भत्काई दिन्थ्यो । त्यसैले मन्त्रको सिद्धी पश्चात साधक पुरानो मानिस नभई बिल्कुलै अर्कै मानिस बन्थियो । ‘ॐ’ध्वनीका सन्दर्भमा पनि‘ॐ’ध्वनी प्राकृतिक मात्रै छैन शरिरका प्रमुख केन्द्रहरु नाभी केन्द्र, हृद्य केन्द्र र तेस्रो आँखामा चोट पार्ने सन्दर्भमा पनि निक्कै शक्तिशाली छ । 

‘ॐ’ध्वनीलाई भिन्न धार्मिक मान्यता राख्नेहरु बिच भिन्न रुपमा प्रयोग गरिनुको पछाडि पनि कारण छ । निवार्णको सन्दर्भमा हिन्दु, बौध र जैन मान्यतामा निर्विचारको अवस्था प्राप्ती गर्नु हो तर यि तिन धार्मिक मान्यता बाहेक अन्य धार्मिक मान्यताहरुले विचारको निर्मलीकरण गर्नुलाई निर्वाणीक अवस्था बताएका छन् । विचार नभएकै कारण जनावरहरुको सुङ्ने, सुन्ने , महशुश गर्ने, हेर्ने जस्ता स्वभाविक क्षमता तिक्ष्ण हुन्छ । मानिसहरुका सन्दर्भमा पनि मस्तिष्कमा कुनै विचार नभएको अवस्थामा मानिसका यस्ता प्राकृर्तिक स्वभावमा सयौं गुणाले वृद्धि हुन्छ ।

निर्विचारको अवस्थामा पुगेका निवार्ण प्राप्त गुरुहरुले व्रम्हाण्डमा गुञ्जयमान‘ॐ’ध्वनीलाई जस्ताका तस्तै रुपमा सुने तर निर्विचार प्राप्त नगरेर विचारलाई निर्मलीकारण गरेका अध्यात्म गुरुहरुका सन्दर्भमा तिनीहरुले व्रम्हाण्डमा गुञ्जयमान‘ॐ’ध्वनीलाई जस्ताको तस्तै सुन्न नसकेका कारण केहि अपभ्रंस भएको हुनसक्छ । जुन धार्मिक मान्यतामा निर्विचारको अवस्थाको कुरा गरिएको छ त्यहाँ‘ॐ’ध्वनीको प्रयोग गरिएको छ भने विचारको निर्मलीकरणको कुरा गरेका धार्मिक मान्यता मान्नेहरुमा माझ‘ॐ’ध्वनीको अपभ्रसिंक रुपमा प्रयोग गरेको पाइन्छ ।  

हिन्दु मान्यतमा‘ॐ’ध्वनीको महत्व

हिन्दु मान्यता अनुसार‘ॐ’ध्वनीब्रम्हा, विष्णु र महेशको संयुक्त रुप हो । अर्थात श्रृष्टि, पालन र संधारको संयुक्त रुप । ‘अ’अर्थात जननी, ‘उ’अर्थात सम्रक्षकर ‘म’अर्थात संधार अथवा रुपान्तरणकर्ता । 

जसरी विज्ञानका सन्दर्भमा प्रयोगशालामा वैज्ञानिक परिक्षणहरु गरिन्छन्,त्यस्तै धर्मका सन्दर्भमा हाम्रो आफ्नै शरिर प्रयोगशाला हो । अनि शरिरमा घटेका भावहरुर अनुभुतीहरु नै सर्बोतम ज्ञान हुन् ।‘ॐ’ध्वनीलाई किन ब्रम्हा, विष्णु र महेशको संयुक्त रुप भनियो भन्ने सन्दर्भमा पनि हामीले आफैमा परिक्षण गरेर हेर्न सक्दछौं । आँखा चिम्म गरेर ‘ॐ’कार जाप गर्दा अनुभुती गर्न सकिन्छ ‘अ’उच्चारण गर्दा हाम्रो नाभीमा संवेदना महशुश हुन्छ । ‘उ’उच्चारण गर्दा हृदयमा र‘म’उच्चारण गर्दा शीरमा संवेदना महशुश गर्न सकिन्छ ।

नाभी जननीको प्रतिक हो । आमाले बच्चालाई जन्मदिनु भन्दा अगाडि नौ महिना गर्भमा राख्छे जुन नाभीको भित्र पटिको भाग हो । त्यस्तै नवजात शीशु जन्मेको बखत आमासँग नाभीकै कारण जोडेको हुन्छ । बच्चाहरु शरिर भित्रको उर्जाको केन्द्र नाभी नै हो । त्यस्तै मानिस जब आफैलाई नै भुलेर मग्न भई निर्विचार अवस्थामा केहि चिजको श्रृजना गर्दछ तब मानिसको शरिर भित्रको समग्र उर्जा नाभिम मै केन्द्रित हुन्छ । 

हृदय ममताको केन्द्र हो । संरक्षणको केन्द्र हो । आमाले बच्चालाई स्तनपान गराउँछे । स्तनको भित्री भाग नै हृदय हो । गर्भमा रहुन्जेल आमा र बच्चा दुई जना फरक मानिस नभएर एकै हुन् । तर जब बच्चा जन्मन्छ र आमाको स्तनपान गर्दछ तब बच्चा धेरै हदसम्म आमासँग भाव पराक रुपमा जोडिएको हुन्छ । बच्चाले आमाको काखमा रमाउन नछाडुनजेल बच्चाको शरिरको उर्चा हृदयमा केन्द्रित हुन्छ । त्यो बेलासम्म उसलाई आमाको प्रत्यक्ष रेखदेखको आवश्यकता हुन्छ । 

मस्तिष्क संहार अर्थात रुपान्तरको केन्द्र हो । जब बच्चाले आमालाई पछाउन छोड्छ तब बच्चाको केन्द्र शीरमा सर्छ । बच्चा जब आमाबाट स्वत्रन्त्र हुन्छ । बिलुकुलै स्वतन्त्र । विलकुलै अर्कै छुट्टै मानिस । बच्चा यसरी रुपान्तरित भएको सन्दर्भा आमाले आफ्ना छोराछोरीलाई आशिष दिदा शीरमा हात राखिदिएकी हुन् । हिन्दू मान्यता अनुसार पनि महादेवको तेश्रो आँखा खोल्दाको बखतमा विनास निश्चित छ । अर्थात रुपान्तरण निश्चित छ भन्ने नै छ ।

उपनिषदमा उल्लेख भए अनुरुप‘ॐ’ध्वनीको अर्को अर्थ पनि लाग्छ । जसका अनुसार विगत, वर्तमान र भविष्य सबै ‘ॐ’ध्वनी नै हो । वास्तवमा जवसम्म व्रम्हाण छ, तव सम्म‘ॐ’ध्वनी निरन्तर गुञ्जयमान छ । विगतमा, अहिले र भविष्यमा‘ॐ’ध्वनी निरन्तर गुञ्जयमान छ, किनकी व्रम्हाणको सुस्मतम रुप नै ‘ॐ’ध्वनी हो । वास्तवमा भूत, वर्तमान र भविष्य भन्नु एकै हो । जन्म, जीवन र मृत्यु भन्नु पनि एउटै चिज हो । अर्थात ब्रम्हा, विष्णु र महेश भन्नु पनि एउटै हो ।

एउटा त्रिकोणका भिन्नभिन्नै कोण जस्तै अभिन्न, छुटाउनै नसकिने । पैसको तल्लो भाग र माथिल्लो भाग जस्तै छुट्टाउनै नसकिने । जन्मे पछि जिउनै पर्छ । अनि सँगसँगै मृत्यु पनि असंभ्यभवी छ । जन्म भनेको विगत हो । हामीलाई जन्मे छु भन्ने होस आउँदा जन्म विगत भइसकेको हुन्छ । जिवन वर्तमान हो । हामीलाई त्यसको होस छ । तर मृत्यु सबैको लागि अज्ञात छ अर्थात मृत्यु भविष्य हो ।

(लेखक श्रेष्ठ आध्यात्म र मनोविज्ञानमा कलम चलाउछन् । उनी साधक तथा आध्यात्मिक खोज र अध्ययनमा क्रियाशील व्यक्ति हुन्)

सम्बन्धित समाचार

विचारसहितका कलात्मक र सुन्दर सिर्जनामा जोड

काठमाडौँ । साहित्य सन्ध्याको ३८५ औँ शृङ्खलामा शनिबार ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा भएको परिचर्चामा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य, वरिष्ठ साहित्यकार एवम् सञ्चारकर्मी रघुजी पन्तले लेखनमा नयाँ

जहाँ पानी छ

ह्यामिल्टन, क्यानडा  विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन । पर्याप्त स्वच्छ पानीको अभावका कारण आर्थिक विकासलाई सीमित बनाउने भन्दा पर पनि द्वन्द्व,

निजामती सेवामा समय सापेक्ष तालिम

काठमाडौँ । राज्यका नीति तथा कार्यक्रमहरुलाई व्यावहारिक कार्यान्वयन मार्फत जनतालाई सेवा प्रदान गर्नमा निजामती प्रशासनले अग्रणी भूमिका निर्वाह गर्दछ । निजामती सेवाका कर्मचारीहरुको कार्यक्षमता र कार्यशैलिले समग्र राज्य प्रणाली प्रति

किन भाँडियो अमेरिका- उत्तर कोरिया वार्ता ?

काठमाडौँ ।  गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्काे महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो