बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो 

खरीबोट

काठमाडौँ । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । अमर खुट्टामा गोली लागी घाइते भएका छन् । 

प्रवउ सिंहका अनुसार घटनास्थलबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । त्यसैगरी एक हजार २०० अमेरिकी डलर र आठ बिटा नक्कली नोटको आकारको कागजसमेत फेला परेको छ । 

अमरले गत जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर रु १९ लाख ६० हजार लुटेका थिए । उक्त रकम लुट्ने काममा चार जना रहेको जानकारी प्रवउ सिंहले दिए ।
 

सम्बन्धित समाचार

आफैँले चलाएको गोली लागेर सैनिक घाइते

दुनै, डोल्पा  । डोल्पामा एकजना नेपाली सेनाका जवान आफैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् ।  बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन्

अमेरिकाको एक दैनिक पत्रिकाको कार्यालयमा गोली चल्यो, चार पत्रकारसहित पाँचको मृत्यु

मेरिल्याण्ड । अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।  अरु केही घाइते भएका छन् । मेरिल्याण्डको प्रहरीले एउटा

बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो 

काठमाडौँ । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी

काठमाडौँको बौद्धमा गोली चल्यो 

काठमाडौँ । काठमाडौंको बौद्धस्थित जम्बु डाँडामा अज्ञात समुहले गोली चलाएको छ ।  प्रहरीका अनुसार बिहिबार साँझ अज्ञात समूहले गोली चलाएर फरार भएको र गोली लागेर एक जना घाइते भएका छन् । घटनाबारे