किर्ते नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन पक्राउ

खरीबोट

चौतारा । झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नपा–१ स्याउलेका वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, सोही वडामा कार्यरत स्थानीय पञ्जिकाधिकारी राजकुमार श्रेष्ठ र मिलेमतोमा सामेल भएकी सुनसरी जिल्ला वक्यौली–३ की सीमाकुमारी राजधानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय एकजनालाई नक्कली आमा बनाई अन्य जिल्लाको व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन किर्तेे सिफारिस गरेको आरोपमा केही दिनअघि मात्र जिल्लाको हेलम्बु गाउँपालिका–७ का वडाध्यक्ष खेतनाथ घिमिरे र वडासचिव रामबहादुर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

विमानस्थलबाट साढे दुई किलो सुनसहित २ भारतीय नागरिक पक्राउ 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार थाई एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आउँदै गरेका २ जना भारतीय नागरिकको साथबाट

यौन दुराचारको आरोपमा ६६ बर्षिय स्विस नागरिक पक्राउ 

काठमाडौँ । यौन दुराचारको आरोपमा प्रहरीले ६६ बर्षिय स्विस नागरिक पिटर क्रिस्टियन लनजेन्डर्फ़लाई पक्राउ गरेको छ ।  प्रहरीले पिटरले १६ बर्षिय नाबालकलाई फेस्बुकबाट साथी बनाई यौन शोषण गरेको आरोप लगाएको छ

नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।  परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, संलग्नताको आशङ्कामा छ जना पक्राउ 

नयाँ दिल्ली । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर