• २०८१ बैशाख ४ मंगलबार

रातो कार्ड पाएका कोलोम्बियाका सान्चेजलाई ज्यान मार्ने धम्की

kharibot

काठमाडौँ  । जापानविरुद्ध रातो कार्ड पाएका कोलोम्बियाका खेलाडी कार्लोस सान्चेजलाई ज्यान मार्ने धम्की दिइएको छ । 

खेलको तेस्रो मिनेटमा नै सान्चेजलाई जापानका खेलाडीले आफ्नो डीबक्स भित्र ल्याएको बललाई हातले रोक्ने प्रयास गरेपछि रेफ्रीले रातो कार्ड देखाएपछि कोलोम्बिया १० खेलाडीमा सिमित हुदै खेल २-१ ले गुमाएको थियो ।

मिडिया रिपोर्टका अनुसार सो ज्यान मारे धम्कीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

यस अघि सन १९९४ को विश्वकपमा कोलोम्बियाका आन्द्रेज इस्कोबारले आत्मघाती गोल गरेको केहि दिनमा गोली हानेर मारिएको थियो । अमेरिका विरुद्धको आत्मघाती गोलपछि कोलोम्बिया विश्वकप बाट बाहिरए पछि घर फर्कने क्रममा उनलाई गोली हानिएको थियो । त्यसको ठीक २४ बर्षपछि खेलमा रातो कार्ड पाएका सान्चेजलाई ज्यान लिने धम्की आएको छ । 

सामाजिक संजालमा कोलोम्बियाका ट्वीटर प्रयोगकर्ताले इस्कोबारले आत्मघाती गोल गर्दा गोली हानिएको थियो भने सान्चेजको पनि हत्या हुनुपर्छ भनी उल्लेख गरिएको छ । 
रातो कार्ड पाएका ३२ बर्षिय सान्चेज आइतबार पोल्याण्डविरुद्ध हुने खेलका लागि भने निलम्बित रहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै