रनबीर सिंह र दीपिका पादुकोनेले आगामी नोभेम्बरमा विवाह गर्ने !

खरीबोट

मुम्बई । बलिवुडका अहिलेका चर्चित रियल लाइफ जोडी रनबीर सिंह र दीपिका पादुकोनेले आगामी नोभेम्बरमा विवाह गर्ने भएका छन् ।

बलिवुड सम्बन्धि कभरेज गर्ने पत्रिका फिल्म फेयरका अनुसार आगामी नोभेम्बर १० मा रनबीर र दीपिकाले विवाह गर्ने मिति तय गरेको दाबि गरेको छ । पारिवारिक स्रोतलाई उल्लेख गर्दिया फिल्मफेयरले सो मिति तय गरेको उल्लेख गरको छ । फिल्म फेयरका अनुसार दुवैको कामको सेड्युल र पारिवारिक हिसाबले नोभेम्बर १० को मिति तय भएको बताएको छ । 

यस बारेमा रनबीर र दीपिकाको तर्फबाट आधिकारिक धारणा भने आएको छैन । अहिले बलिवुडमा फिल्ममा व्यस्त दुवै बलिवुडमा आफ्नो सफलताको उत्कृष्ट समयमा रहेका छन् ।
दुवैले हालै पद्मावत फिल्ममा अभिनय गरेका थिए । यस अघि दुवैले राम लिला, बाजिराव मस्तानी जस्ता सुपर हिट फिल्ममा काम गरेका छन् ।

दीपिकाको रनबीरसँग अफयेर्स हुनु अघि बलिवुडका अर्का अभिनेता रणबिर कपुरसँग अफयेर्समा थिइन् । दीपीकाको नाम त्यसअघि क्रिकेटर महेन्द्र सिंह धोनी, युराज सिंहसँग पनि जोडिएको थियो । त्यस्तै रनबीर सिंहको पनि दीपिकासँग अफयेर्स हुनु अघि अनुष्का शर्मासँग अफयेर्स रहेको थियो ।

  
 

सम्बन्धित समाचार

म निजी र व्यवसायिकरुपमा सहि ठाउमा छु - आलिया भट्ट 

मुम्बई। बलिवुड अभिनेत्री आलिया भट्टले आफु निजीरुपमा र व्यवसायिक रुपमा सहि ठाउमा भएको बताएकी छन्। हाल अभिनेता रणवीर कपुरसँग अफयेर्समा रहेकी आलियाले आउदो बर्ष रणवीर कपुरसँग विवाह हुन लागेको चर्चा चलिरहेको

रणबीर सिंह र दीपिका पादुकोनेको विवाहको मिति तय !

मुम्बई ।  बलिवुड अभिनेता रणबीर सिंह र दीपिका पादुकोनेले आगामी नोभेम्बरमा विवाह गर्ने भएका छन्।  फिल्म फेयरका अनुसार उनीहरुले इटालीमा विवाह गर्ने निधो भएको उल्लेख  गरेको छ। रनबीर र दीपिकाले उत्तरी

बरुण धवन र अनुष्का शर्माको फिल्म सुई धागाको ट्रेलर सार्वजनिक

मुम्बई।  बलिवुड अभिनेता बरुण धवन र अनुष्का शर्माको फिल्म सुई धागाको ट्रेलर सार्वजनिक भएको छ।  दुवैलाई फिल्ममा साधारण रुपमा प्रस्तुत गरिएको छ।  फिल्ममा जागिर भन्दा आफ्नै सानो व्यवसाय गर्न प्रेरित गर्ने

तापसी पन्नूको अफ्येर्स डेनिस ब्याडमिन्टन खेलाडी माथीससँग 

मुंबई।  बॉलीवुड अभिनेत्री तापसी पन्नू  हाल आफ्नो नयाँ फिल्म ‘मनमर्जियां‘ बाट फिल्म हलमा आउने तयारीमा रहेकी छन् ।  तर हालै तापसी आफ्ना ब्वायफ्रेन्ड ब्याडमिन्टन खेलाडी माथीस बोएसँग सँगै देखिएपछि उनको तस्बीर