• २०८१ बैशाख ७ शुक्रबार

'रोमियो एण्ड मुना' को ट्रेलर सार्वजनिक, सृष्टिका लागि विनयले काटे कान

kharibot

काठमाडौँ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठ स्टारर फिल्म 'रोमियो एण्ड मुना' को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरको क्लाइमेक्समा रोमियो (विनय) ले मुना (सृष्टि) का लागि आफ्नो कान काटेका छन् । सृष्टिको प्रेमले विनय परिवर्तन भएको देखाइएको छ । 

'रोमियो एण्ड मुना' लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले 'डाइङ क्यान्डल' फिल्म निर्देशन गरेका थिए । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् । 

फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'रोमियो एण्ड मुना' मा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै