• २०८१ बैशाख १३ बिहीबार

विश्वकप प्रिभ्यु : फ्रान्सलाई रोक्नै पर्ने पेरुको चुनौती 

kharibot

काठमाडौँ । विश्वकपको समुह सी अन्तर्गत आज फ्रान्स र पेरुबीच खेल हुदै छ । नेपाली समय अनुसार साँझ ८:४५ मा हुने यस खेलमा दुवै टिमका लागि महत्वपूर्ण हुने देखिन्छ ।

फ्रान्सले पहिलो खेलमा जित हासिल गर्दै ३ अंक बटुलेर यो खेल खेल्दै छ भने पेरुले पहिलो खेलमा डेनमार्कविरुद्ध हार बेहोरेपछि अंक बिहिन हुदै यस खेलमा जित्नै पर्ने दबाबका बीच खेल्दै छ ।

फ्रान्स फिफा वरियतामा सातौ स्थानमा रहेको सन १९९८ मा विश्वकप फुटबल जितेको टिम हो । फ्रान्सका पुर्वखेलाडी डीडीयर डेसच्याम्प्सले कोचिंग गरिरहेका छन् । २०१६ को युरोकपको फाइनलमा पोर्चुगलसँग पराजित भएको फ्रान लाई यस विश्वकपको एउटा दाबेदार देशको रुपमा हेरिएको छ । एन्टोनी ग्रिजम्यान, किलीयन एमबाप्पे, पाउल पोग्वा जस्ता खेलाडी रहेको फ्रान्स टिम यस विश्वकपमा बलियो टिमको रुपमा रहेको छ । 

फिफा वरियतामा ११औ स्थानमा रहेको पेरु दक्षिण अमेरिकाको बलियो टिम मानिन्छ । अघिल्लो विश्वकपमा छनौट हन नसकेको पेरु सन १९८२ देखि पहिलो पटक विश्वकपमा छनौट भएको छ । पेरुका पुर्वखेलाडी रिकार्डो गारेकाले कोचिंग गरेको यो टिमले विश्वकपको दोस्रो चरणमा पुग्न अस्ट्रेलिया र डेनमार्कलाई पराजित गर्न सक्ने अनुमान गरिएको छ ।

प्रमुख खेलाडी :

यस टिमका प्रमुख खेलाडी एथलेटिको म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने एन्टोनी ग्रिजम्यान हुन् । उनले यस सिजनमा एथलेटिकोका लागि २९ गोल गरेका छन् भने फ्रान्सका लागि अहिलेसम्म २० गोल गरिसकेका छन् । यस विश्वकपमा उनको ठुलो भूमिका हुने देखिन्छ । ग्रिजम्यानले फ्रान्सका पछिल्ला १ गोलमा ९ गोलमा आफ्नो संलग्नता देखाएका छन्, जसमा ७ गोल गरेका छन् भने २ गोल असिस्ट गरेका छन् । पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध पेनाल्टीमार्फत गोल गरेका ग्रिजम्यान घाइते भएपनि अहिले खेल्नका लागि फिट रहेको बताइएको छ ।

त्यस्तै फ्रान्सका उदाउदा खेलाडीको रुपमा पिएसजीबाट खेल्ने १९ बर्षिय किलियन एम्बाप्पे रहेका छन् । पहिलो पटक विश्वकप खेल्न लागेका एम्बाप्पे फ्रान्सले १९९८ को विश्वकप जितेपछि जन्मिएका खेलाडी हुन् । गत मार्चमा मात्र फ्रान्सको राष्ट्रिय टिममा डेभ्यु गरेका एम्बाप्पे यस विश्वकपका हेर्न लायक युवा खेलाडी मध्ये एक हुन् ।

यस टिममा पाओलो गुयरेरो प्रमुख खेलाडीको रुपमा रहेका छन् । यस अघि १४ महिनाको प्रतिबन्ध झेलेर राष्ट्रिय टिममा फर्किएका पाओलोले पेरुका लागि ३४ गोल गरेका छन् । त्यस्तै यस टिममा २२ बर्षिय रेनाटो टपियालाई उदाउदो खेलाडीको रुपमा हेरिएको छ ।

हेड टु हेड :

फ्रान्स र पेरुबीच अहिलेसम्म केबल एक खेल मात्र भएको छ । सन १९८२ को अप्रिलमा भएको मैत्रीपूर्ण खेलमा पेरुले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । तर विश्वकपमा भने फ्रान्सलाई सन १९७८ मा अर्जेन्टिनाले पराजित गरेपछि अहिलेसम्म कुनै दक्षिण अमेरिकी तिम्ले पराजित गरेका छैनन् । विश्वकपमा त्यसपछि खेलेका ७ खेलमा फ्रान्सले ३ मा जित र ४ बराबरी खेलेको छ । 

त्यस्तै पेरु भने विश्वकपका पछिल्ला ५ खेलमा युरोपियन देशसँग जित हासिल गर्न असफल भएको छ । सन १९७८ मा स्कटल्याण्डलाई जितेको पेरुले त्यसपछि विश्वकपमा युरोपियन देशसँग खेलेका ५ खेलम ३ मा हर र २ बराबरी खेलेको छ । त्यस्तै पेरुले विश्वकपमा खेलेका आफ्ना ७ खेलमा जित निकाल्न सकेको छैन । जसमा ५ मा हार बेहोरेको छ भने २ खेल बराबरी गरको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै