• २०८१ बैशाख १३ बिहीबार

विश्वकप प्रिभ्यु : डेनमार्कविरुद्ध जितको खोजीमा अस्ट्रेलिया  

kharibot

काठमाडौँ । विश्वकपको समुह सी अन्तर्गत आज डेनमार्क र अस्ट्रेलिया खेल्दै छन् । नेपाली समय अनुसार ५:४५ बजे हुने यो खेल दोस्रो चरणमा पुग्नका लागि दुवै टिमलाई महत्वपूर्ण देखिएको छ । 

पहिलो खेलमा जित हासिल गरेर ३ अंक बटुलेको डेनमार्क यस खेलमा जित हासिल गरेमा दोस्रो चरणमा पुग्ने छ भने अस्ट्रेलियाले अफिलो खेलमा फ्रान्ससँग पाएको हारपछि विश्वकपमा रहिरहन यस खेलमा जित हासिल गर्नै पर्ने दबाब रहेको छ । 

फिफा वरियतामा १२औ स्थानमा रहेको डेनमार्क अघिल्लो विश्वकपमा छनौट हुन् सकेको थिएन । नर्वेका एज हरेयडले कोचिंग गरेको यो टिम २०१० को विश्वकप पछि पुन यस विश्वकपमा छनौट भएको छ । यस टिमलाई विश्वकपको दोस्रो चरणमा पुग्ने टिमको रुपमा हेरिएको छ । 

त्यस्तै फिफा वरियतामा ३६औ स्थानमा रहेको अस्ट्रेलिया विश्वकपमा एशियाको कोटाबाट छनौट भएको हो । बेर्ट भान मारविजकले कोच गरेको अस्ट्रेलिया टिमले डेनमार्कलाई सरप्राइज गर्न सक्ने क्षमता राख्ने खेल विश्लेषकहरु बताउछन । 

के भन्छन् म्यानेजर ?

डेनमार्कका म्यानेजर एज हरेयडले आफ्ना स्टार खेलैद क्रिस्टियन इरिक्सनको तारिफ गर्दै उनलाई बढी भन्दा बढी खेलमा व्यस्त बनाउने आफुहरुको रणनिति भएको बताए । उनले इरिक्सनले कुनै पनि बेला खेल परिवर्तन गर्न सक्ने क्षमता राख्ने बताउदै विरोधी टिम जहिले पनि उनीसँग सत र्क हुने बताए । पहिलो खेलमा पेरुविरुद्ध भएको एक मात्र गोल असिस्ट गरेका इरिक्सनले विश्वकपमा रम्रो गर्ने एजले बताए । 

त्यस्तै पहिलो खेलमा फ्रान्ससँग २-१ को हार बेहोरेको अस्ट्रेलियाले पहिलो जितको खोजीमा डेनमार्कको सामना गर्न लागेको छ । अस्रे-एलियाका म्यानेजर बेर्ट भान मारविजकले डेनमार्क फ्रान्सजस्तो क्रियटिभ नरहेको भन्दै फ्रान्सविरुद्ध आफुहरुले उत्कृष्ट खेलेर पनि हार बेहोरेको बताए ।  

प्रमुख खेलाडी :

यस टिममा प्रिमियर लिगमा टोटनह्यामबाट खेल्ने क्रिस्टियन इरिक्सन प्रमुख खेलाडीको रुपमा रहेका छन् । विश्वकप छनौटमा इरिक्सनले एक ह्याट्रिक सहित ११ गोल गरेका थिए । उनले डेनमार्कका लागि पछिल्ला १४ खेलमा १२ गोल र ५ असिस्ट गरेका छन् । यस टिममा २० बर्षिय फरवार्ड कास्पर डोलबर्गलाई उदाउदो खेलाडीको रुपमा हेरिएको छ । नेदरल्याण्डसको एजाक्सबाट खेल्ने काप्सरले २०१७ को युरोपा लिगमा ७ गोल गरेका थिए । 

अस्ट्रेलियाका लागि आरोन मूने प्रमुख खेलाडीका रुपमा रहेका छन् । प्रिमियर लिग क्लब हडर्सफिल्डबाट खेल्ने मूनेले अस्ट्रेलियाको तर्फबाट प्रमुख भूमिका निभाउने छन् । त्यस्तै सेल्टिकबाट व्यवसायिक फुटबल खेल्ने टम रोजिकलाई अस्ट्रेलियाका उदाउदा खेलाडीको रुपमा हेरिएको छ । इन्जुरीका कारण गएको विश्वकप गुमाएका रोजिकले यस विश्वकपमा अस्ट्रेलियाको लागि राम्रो प्रदर्शन गर्ने विश्वास गरिएको छ । अस्ट्रेलियाका लागि आफ्ना स्टार खेलाडी टिम काहिल यस खेलमा खेल्ने विस्वास गरिएको छ ।

हेड टु हेड :

डेनमार्क र अस्ट्रेलियाबीच अहिलेसम्म ४ खेल भएका छन् । विश्वकपमा भने यी दुई देश पहिलो पटक खेल्दै छन् । यस अघिका खेलमा डेनमार्क २ खेलम विजयी भएको छ भने अस्ट्रेलियाले एक खेल जितेको छ । त्यस्तै एक खेल बराबरीमा सकिएको छ ।

त्यस्तै अस्ट्रेलियाले विश्वकपमा आफ्ना पछिल्ला ४ खेलमा हार बेहोरेको छ जसमा उसले सबै खेलमा कम्तिमा २ गोल खाएको छ । डेनमार्कको कुरा गर्दा विश्वकपमा १९८६ मा मात्र पहिलो दुई खेल जितेको रेकर्ड छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै