• २०८१ बैशाख ८ शनिबार

विश्वकप समुह चरणको पहिलो खेलमा यी ५ स्टार खेलाडीले बनाए निराश 

kharibot

काठमाडौं । विश्वकप फुटबलमा समुह चरणका तीन खेल मध्ये पहिलो खेल सकिएर दोस्रो खेल सुरु भएका छन् । ३२ देश सग्भागी भएका यस फुटबलको महाकुम्भमा पहिलो खेलमा केहि नाम चलेका स्टार खेलाडीहरुले निराश बनाएका छन् भने कहिले राम्रो प्रदर्शन गरेका छन् ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमा ह्याट्रिक गरे भने बेल्जियमका रोमालु लुकाकु, इङल्याण्डका ह्यारी केन र स्पेनका डिएगो कोष्टाले आफ्नो पहिलो खेलमा २-२ गोल गर्न सफल भए । तर यस्तै केहि नाम चलेका ५ खेलाडीले विश्वकपमा निराशा जनक प्रदर्शन गरेका छन् ।

यस सूचिको पाचौ नम्बरमा जर्मनीका थोमस मुलर रहेका छन् । विश्वकपमा जर्मनीका लागि अहिलेसम्म १० गोल गरिसकेका मुलरले मेक्सिको विरुद्धको पहिलो खेलमा निराशाजनक प्रदर्शन गरे जसको मुल्य जर्मनीले हारबाट चुकाउनु पर्यो । यसअघि दुई विश्वकपमा ह्याट्रिक सहित १० गोल गरेका मुलरले पहिलो खेलमा मेक्सिकोविरुद्ध कुनै आक्रामक शट नै हान्न सकेनन् ।

यस सुचिमा चौथो नम्बरमा इङल्याण्डका रहिम स्टरलिङ रहेका छन् । म्यान्चेस्टर सिटीका लागि यस सिजनमा २३ गोल गरेका स्टरलिङले इङल्याण्डलाई ३९ खेलमा केबल २ गोल गरेका छन् । उनले विश्वकपको पहिलो खेलमा ट्युनिसियाविरुद्ध निराशाजनक प्रदर्शन रह्यो । ट्युनिसियाविरुद्ध गोल गर्ने कैयौ मौका पाए पनि गोल गर्न भने सकेनन् । ह्यारी केनले दुई गोल गरेर इङल्याण्डलाई जित दिलाए पनि स्टरलिङको प्रदर्शनले निराश बनाएको छ ।

यस सुचिमा तेस्रो स्थानमा फ्रान्सका एन्टोनी ग्रिजम्यान रहेका छन् । विश्वकपको पहिलो खेलमा पेनाल्टीबाट एक गोल गरेपनि ग्रिजम्यानको प्रदर्शन उत्साहजनक देखिएन । एथलेटिको म्याड्रिडलाई यस सिजनको युरोपा लिग जिताएका ग्रिजम्यानले आफ्नो प्रदर्शन नसुधारे फ्रान्सको विश्वकपको अगाडिको यात्रा मुस्किल हुने देखिन्छ ।

यस सुचिमा दोस्रो स्थानमा ब्राजिलका नेइमार रहेका छन् । पहिलो खेलम स्विटजरल्याण्डसँग १-१ गोलको बराबरीमा समेटिएको ब्राजिलको सो खेलमा नेइमारको खेल निराशाजनक रहेको थियो । स्विटजरल्याण्डका खेलाडीले घेराबन्दीमा पारेर खुलेर खेल्न नदिएपछि नेइमार सो खेलमा आफ्नो प्रभाव देखाउन असफल भएका थिए । नेइमारलाई स्विटजरल्याण्डका खेलाडीले १० पटक फाउल गरेका थिए । सो खेलमा नेइमार घाइते समेत भएको रिपोर्ट आएको छ । ब्राजिलको मंगलबारको अभ्यास सत्रमा नेइमार घाइते भएको देखिएको थियो । शुक्रबार आफ्नो दोस्रो खेल कोष्टा रिकासँग खेल्न लागेको ब्राजिल नेइमार खेल्ने नखेल्ने भने अझै निश्चित भएको छैन ।

यस सूचिको पहिलो स्थानमा अर्जेन्टिनाका लियोनेल मेसी छन् । मेसीले आफ्नो विश्वकपको सुरवात निराशाजनक रुपमा गरेका छन् । सानो देश आइसल्याण्डविरुद्धको पहिलो खेलमा मेसीले पेनाल्टी मिस गरे भने अन्य गोल गर्ने कैयौ अवसरको फाइदा उठाउन पनि सकेनन् । खेल १-१ गोलको बराबरीमा सकिए पनि मेसीको प्रदर्शनले अर्जेन्टिनी खेमामा निराशा देखिएको छ । मेसिकै ह्याट्रिकको मद्धतले विश्वकपको छनौट खेलको अन्तिम खेलमा जितेर रसिया आएको अर्जेन्टिना मेसीमा पुरै भर पर्दा संकटमा देखिएको छ । समुह चरणमा अझै दुई खेल खेल्न बाँकी हुँदा मेसी आफ्नो लयमा फर्किने विस्वास गर्न सकिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै