• २०८१ बैशाख ७ शुक्रबार

रोनाल्डो बने युरोपको धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

kharibot

काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस विश्वकपमा चौथो गोल गरेका छन् । 

पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले त्यसको पांच दिन पछि विश्वकपमा दोस्रो खेलमा मोरक्कोविरुद्ध खेलको चौथो मिनेटमा गोल गर्दै यस विश्वकपमा आफ्नो चौथो गोल गरेका हुन् । यस अघिका तीन विश्वकपमा कुल ३ गोल गरेका रोनाल्डोले यस विश्वकपमा ४ गोल गरेर विश्वकपमा आफ्नो गोल संख्या ४ पुर्याएका छन् ।

यस गोलसँगै रोनाल्डोले कैयौ रेकर्ड पनि बनाएका छन् ।

रोनाल्डो पोर्चुगलका सन १९६६ मा जोसे टोरेज पछि एकै विश्वकपमा दाहिने खुट्टा, देब्रे खुट्टा र हेड मार्फत गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

रोनाल्डो फुटबलको इतिहासमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने युरोपियन खेलाडी बनेका छन् । रोनाल्डोले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । युरोपियन खेलाडीमा रोनाल्डोले हंगेरीका फेरेन्क पुस्कसको ८४ गोलको रेकर्डलाई उछिन्दै रोनाल्डो धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन् । 

रोनाल्डोले तीन विश्वकपमा हानेका ७० शटमा ३ गोल गरेका थिए भने यस विश्वकपमा ६ शटमा ४ गोल गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले भन्दा धेरै गोल इरानका अलि दाइले गरेका छन् । दाइले इरानका लागि उनले १४९ खेलम १०९ गोल गरेका छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै