काठमाडौं । लगातार घटेको नेप्सेले साताको चौथो कारोवार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । नेप्से आज आठ दसमलव ३४ अंकले घटेर १२ सय १७ दसमलव ८४ बिन्दुमा झर्दा सेन्सिटिभ एक दसमलव ७९ अंकले घटेर दुई सय ५५ दसमलव ६३ बिन्दुमा झरेको छ ।
एक सय ५६ वटा कम्पनीहरुको तीन हजार तीन सय ३४ वटा कारोवारमा २५ लाख ९१ हजार नौ सय नौ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेष्र खरिद बिक्री हुँदा कारोवार रकम २७ करोड ३८ लाख ३२ हजार नौ सय ९२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक उच्च अंकले घटेकाछन भन अन्य समुहको सुचक स्थिर रहेको छ । बाँणिज्य बैक समुहको सुचक छ दसमलव ४१ अंकले घटेर एक हजार २८ दसमलव ८९ बिन्दुमा झर्दा १० करोड एक लाख ५२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
बिकास बैक समुहको सुचक पनि सात दसमलव १८ अंकले घटेर १४ सय १९ दसमलव छ बिन्दुमा झरेकोमा चार करोड ६८ लाख ४० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
यसैगरी बीमा समुहको सुचक पनि ४० दसमलव ८८ अंकले घटेर छ हजार एक सय ६८ दसमलव ३६ बिन्दुमा झरेकोमा दुई करोड ७१ लाख १६ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज होटल, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचकमा पनि उच्च अंकले गिरावट आएको छ ।
आज बढी कमाउने कम्पनीको सुचीमा एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्सको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ९९ पैसाले बढेर छ सय २५ रुपैयाँमा सेयर खरिद बिक्री भएको छ । बढी गुमाउने कम्पनीको सुचीमा परेको युनाईटेड मोदीको सेयर मुल्य चार रुपैयाँ ३७ पैसाले घटेर एक सय ७५ रुपैयाँमा खरिद बिक्री भएको छ ।
रकम कारोवारका आधारमा अग्रस्थानमा परेको ओम डेभलपमेन्ट बैंकको भने आज एक सय ७७ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ६१ लाख ७५ हजार तीन सय नौ रुपैयाँको कारोवार भएको छ ।