• २०८१ बैशाख ८ शनिबार

कोशी नदीमा ट्रक खस्दा २ को मृत्यु, ७ जना घाइते 

kharibot

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थित सप्तकोशी पुलबाट स्काईभेटर बोकेको ट्रक कोशी नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा ट्रक चालक सुनसरी रामधुनी नगरपालिका-१ झुम्का बस्ने ४० वर्षिय घनस्याम चौधरी र स्काईभेटर चालक बराहा नगरपालिका-१ बस्ने बिनोद बराईली रहेका छन् । 
दुर्घटनामा परि गम्भिर घाइते भएका दुबैजनाको उपचारको क्रममा मृत्यु भएको हो । 

आज मध्यान्ह १२ बजे को १ क १०४३ नम्बरको स्काईभेटर बोकेर जाँदै गरेको ना ४ ख ३५६ नम्बरको ट्रक कोशीमा खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाईते भएकामध्ये ३ जनालाई थप उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर पठाइएको छ भने ४ जनाको ईनरुवा अस्पतालमा उपचार भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै