• २०८१ बैशाख ८ शनिबार

काठमाडौँ महानगरका प्रशासकिय अधिकृत कोइराला नेपाल सरकारको सचिवमा बढुवा 

kharibot

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रशासकिय अधिकृत यादव कोइराला नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।

नेपाल सरकारले असार ४  गते बसेको मन्त्रिपरिषद बैठकले कोइरल लाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिवमा बढुवा भएका कोइरालालाई काठमाडौँ महानगरले सम्मान गरेको छ । काठमाडौ माहानगरकी कामु प्रमुख हरिप्रभा खड्गीलेले प्रशासकीय अधिकृत कोइराला महानगरमै बस्ने भन्दै ईमान्दारपुर्वक काम गर्नेले सफलता पाउने बताइन् ।

त्यस्तै प्रशासकिय अधिकृत कोईरालाले महानगरमा आएपछि बेग्लै अनुभव भएको भन्दै नेपाल सरकारका २४ मन्त्रालय भन्दा महानगर महत्त्वपूर्ण रहेको बताए । कोइरालाले कसैलाई मर्का नपर्ने गरि काम गर्दै अगाडी बढ्नुपर्ने बताउदै महानगरको प्रशासन,  वित्तिय र अनुसासनको लागि काम गर्ने बताए ।

कोईराला २ महिना अघि मात्र प्रशासकिय अधिकृतको रुपमा काठमाडौं महानगरपालिकामा आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै