• २०८१ बैशाख ८ शनिबार

पहिलो जितबाट हौसिएको इरान स्पेनलाई रोक्ने दाउमा

kharibot

काठमाडौँ । विश्वकपको समुह बि अन्तर्गत आज स्पेनले एशियाली देश इरानको सामना गर्दै छ । 

स्पेन यस विश्वकपमा जितको खोजीमा रहेको छ । २०१० को विश्व विजेता टिम स्पेन यस विश्वकपको विजेताको दाबेदार मध्ये एक भएपनि आफ्नो पहिलो खेलमा पोर्चुगलसँग बराबरीमा चित्त बुहाउन बाध्य भएको थियो । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ३ गोल गर्दै खेल बराबरी मात्र गरेनन् स्पेनको प्रतियोगितामा विजयी सुरुवात गर्ने अभियानमा पनि धक्का लगाई दिएका थिए ।

विश्वकपको मुखमै म्यानेजरलाई बर्खास्त गरेर चर्च मा आएको स्पेनको अहिले फर्नान्डो हिएरोले म्यानेजर पद सम्हालेका छन् । स्पेनका मिडफिल्डर इस्कोले इरानविरुद्दको खेल स्पेनका लागि महत्वपूर्ण हुने बताएका छन् । उनले स्पेनले सुरुवातमै गोल गर्ने प्रयास गर्ने पनि बताए । आफ्नो टिकी-टाका शैलीका लागि प्रख्यात स्पेनले इरानविरुद्ध छिटो खेल्ने पनि इस्कोले बताएका छन् ।

यता इरान भने मोरक्कोसँगको पहिलो खेलमा जित हासिल गरेर समुह बि मा पहिलो खेलमा जित हासिल गर्ने एक मात्र टिम बनेको छ । इरानको जितपछि राजधानी तेहरानमा ठुलो विजयी उत्सव मनाइएको थियो । इरानका म्यानेजर कार्लोस कुइरोजले इरानको विश्वकप यात्रामा आज सबै भन्दा ठुलो चुनातीपूर्ण खेल भएको बताउदै आफुहरु असम्भवलाई सम्भव बनाउन प्रयास गर्ने बताए । इरानले विश्वकपमा अहिलेसम्म युरोपेली देशलाई पराजित गर्न सकेको छैन । इरानका लागि विश्वकपमा सन १९९८ मा फ्रान्समा भएको विश्वकपमा अमेरिका विरुद्ध २-१ को जित नै अहिलेसम्मको ठुलो जित हो ।

इस्कोले पोर्चुगलविरुद्धको खेलबारे कुरा गर्दै हामीले खेलको सुरुमै गोल खाएपनि अन्त्यसम्म संघर्ष गर्न भने छोडेनौ, मनोबल कमजोर नबनाई खेलेकाले नै एक समय पोर्चुगलमाथि ३-२ को अग्रता बनाउन सफ्लो बह्येको उनले बताएका छन् ।

स्पेन र इरानको कुरा गर्दा यी दुवै टिम पहिलो पटक यस विश्वकपमा एक अर्का विरुद्ध खेल्दै छन् । 

स्पेनका लागि डिएगो कोष्टा प्रमुख खेलाडी हुन् । उनले पहिलो खेलम २ गोल गरेर टिममा आफ्नो महत्व देखाइसकेका छन् । त्यस्तै मिडफिल्डमा इस्को, डेभिड सिल्भा र नाचोको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने हाल घाइते रहेका डेनियल कार्भाजल यस खेलमा फर्किन सक्ने अनुमान गरिएको छ । त्यस्तै डिफेन्समा सर्जियो रामोस, जेराड पिकेको जोडीलाई तोड्न इरानलाई मुस्किल हुने देखिन्छ ।

इरानका लागि २ बर्षिय फरवार्ड सरदार अजमोउन प्रमुख खेलाडी हुन् । उनले इरानका लागि ३४ खेलमा २३ गोल गरेका छन् । तुलनात्मक रुपमा युवा खेलाडीको बाहुल्यता रहेको इरानमा करीम अन्सारीफार्ड, कप्तान मसोउद शोजेएल, रेजा घोचानेजाद जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै