• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेसका जिल्ला सभापतिहरुलाई ८ केन्द्रीय सदस्यको पत्र, ‘अहिलेको नेतृत्वबाट अर्को चुनाव पनि जित्न सकिन्न’

kharibot

काठमाडौं । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई पत्र लेख्दै नेतृत्व परिवर्तन गर्न आव्हान गरेका छन् । 

हाल हेटौडामा जारी काँग्रेस जिल्ला सभापतिहरुको भेलाको सन्दर्भमा काँग्रेसका युवा नेताहरु चन्द्र भण्डारी गगन थापा, धनराज गुरुङ, रामकृष्ण यादव, गुरु घिमिरे, प्रदीप पौडेल, जीवन परियार र किरण यादवले सभापति भेलामा एक पत्र वितरण गर्दै छिटो महाधिवेशन गर्ने वातावारण बनाउन आग्रह गरिएको छ । पत्रमा प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन पर्खिन नहुने भन्दै महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अहिलेको नेतृत्वबाट अर्को चुनाव पनि जित्न नसकिने उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ- ‘हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्छ । त्यसअघि गनुपर्ने वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र प्रदेशको अधिवेशन गर्न झण्डै एक वर्ष लाग्छ । यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं ।‘

आठ केन्द्रीय सदस्यहरुले कांग्रेसको वर्तमान नेतृत्वबाट पार्टी पहिलेको अवस्थामा पुग्न नसक्ने भन्दै नयाँ ढंगले सोच्न आग्रहसमेत गरेका छन् । उनीहरुले सभापतिको भेलामा निर्वाचनको समीक्षा र आगामी कार्यदिशाबारे छलफल गर्न आग्रह गरेका छन् ।

८ केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई लेखेको पत्र :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै