• २०८१ बैशाख १३ बिहीबार

गायिका विष्णुमाया लोक दोहोरी ‘मिल्ने साथीमा’ को म्युजिक भिडियोमा  

kharibot

काठमाडौँ । लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन २०१८ नेपालको सेकेन्ड रनरअप विष्णुमाया पौडेल लोक दोहोरी गीत ‘मिल्ने साथीमा’ मोडलिङ गर्दै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन् । 

राजेन्द्र सुवेदीको शब्द संकलन रहेको यो गीतमा विष्णुमाया पौडेल र विशाल शर्मा (लक्की) को अभिनय रहेको छ भने स्वर गायक लभ कुमार भट्ट र गायिका स्मीती शाहीको रहेको छ । 

सुर संगित डिजिटल स्टुडियोमा रेकर्ड यो गीतको छायांकन हरि महरा र सम्पादन मनोज कार्कीले गरेका हुन् । यसमा ध्वनी मिश्रण सन्तोश पौडेल र संगीत संयोजन महेश विक्रम पाण्डेको रहेको छ । 

यो गीतलाई गोरखा चौतारी म्युजिकले तयार पारेको छ भने हाईलाइट्स नेपाल द्धारा युटुयबमा उपलब्ध छ । यो गीतले मिल्ने साथीको सम्बन्धलाई हाम्रो समाजले हेर्ने दृष्टिकोणलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेको छ । 

निर्देशक लबकुमार भट्टले यो गीत मार्फत सामाजको यर्थाथ विषय वस्तुलाई चित्रण गरेका छन् । एउटा केटा र केटी सँगै हिँडदैमा, बोल्दैमा गलत सोच राख्ने हाम्रो समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै