• २०८१ बैशाख १३ बिहीबार

तीन महिनामा तेस्रो पटक किम चीन पुगे 

kharibot

तस्बीर : सिन्ह्वा

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । 

बेइजिङमा चिनियाँ राष्ट्रपति सि जिङपीङसँग भेट गरेका किमको यो भ्रमणलाई चीनका राष्ट्रपति सीले निकै महत्वका साथ हेरेको बताइएको छ । राष्ट्रपति सिले किमको यो भ्रमण चीन र उत्तर कोरियाको सम्बन्ध विस्ता का लागि महत्वपूर्ण रहेको बताएको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।  

नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गरेपछि चीन पुगेका हुन् । 

किमको गएको मार्च महिनादेखि नै यो तेस्रो पटकको चीन भ्रमण हो । उनी जुन १२ को अमेरिकासँगको सिंगापुरमा भएको शिखर वार्ताको केही दिनमात्र अघि पनि चीन पुगेका थिए । 

चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो । चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो । बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ । 

चीनसँगको निकटताको कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई एक महत्वपूर्ण घटनाका रुपमा लिइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै