मुम्बई । बलिवुड सेलिब्रेटीका छोरा छोरी बलिवुडमा धमाधम इन्ट्री हुदै छन् । यसैबीच कपुर परिवारबाट बलिवु ले एक अर्की हिरोइन पाउने भएको छ ।
बोनी कपुरको परिवारबाट उनका आफ्नै छोरा अर्जुन कपुर पछि छोरी जन्ह्वी कपुरको पनि फिल्म धड्कको ट्रेलर रिलिज भइसकेको छ । त्यस्तै बोनीका भाई अनिल कपुरकी छोरी सोनम कपुर र छोरा हर्षबर्धन यसअघि नै बलिवुडमा आइसकेका छन् ।
अब बोनी कपुरका कान्छा भाई तथा अभिनेता संजय कपुरकी छोरी शनाय कपुर पनि बलिवुडमा आउने तयारीमा रहेकी छन् ।
हालै जन्ह्वी कपुरको फिल्म धड्कको ट्रेलर लन्चमा परिवारसँग उपस्थित शनाय बलिवुडमा आउने तयारीमा रहेको उनकै पिता संजय कपुरले बताएका छन् । उनका अनुसार शनायलाई विभिन्न प्रस्ताव आइरहेको भएपनि अझै निर्णय भने नगरेको बताए ।
हालै कक्षा १२ को अध्ययन सकाएकी शनाय सामाजिक संजालमा निकै सक्रिय देखिन्छिन ।