• २०८१ बैशाख ८ शनिबार

पोर्चुगलविरुद्ध इतिहास दोहोराउने दाउमा मोरक्को, रोनाल्डो नै प्रमुख चुनौती 

kharibot

काठमाडौँ । विश्वकप अन्तर्गत समुह बि को दोस्रो खेल आज हुदै छ । नेपाली समय अनुसार साँझ ५:४५ बजे समुह बि का पोर्चुगल र मोरक्कोबीच खेल हुदै छ । 

पोर्चुगलले स्पेनसँगको आफ्नो खेलमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्धतले बराबरी गर्न सफल भएको थियो भने मोरक्कोले आफ्नो पहिलो खेलमा आफैले आफ्नो पोष्टमा गोल हान्दै इरानसँग खेल गुमाउन पुगेको थियो ।

पहिलो खेल बराबरी खेलेको पोर्चुगललाई यो खेलमा जितेर दोस्रो चरण जाने बाटो सुनिस्चित गर्ने पर्ने छ भने मोरक्कोको लागि पहिलो खेलमा पाएको अप्रत्याशित हारबाट निस्किन पोर्चुगलमाथि दबाब बनाउने तयारीमा रहेको छ ।

यी दुई देशबीच अहिलेसम्म सन १९८६ को विश्वकपमा एक पटक मात्र भिडन्त भएको छ जसमा मोरक्कोले जित हासिल गरेको छ । मोरक्कोले सन १९८६ को जुन ११ मा पोर्चुगलविरुद्धको खेलमा ३-१ को ऐतिहासिक जित निकालेको थियो । मोरक्कोले सोहि इतिहास दोहोराउने दाउ हेरेको छ ।

फिफा वरियतामा पोर्चुगल चौथो स्थानमा रहेको छ भने मोरक्को ४१औ स्थानमा रहेको छ । यस टिममा रियल म्याड्रिडबाट खेल्ने स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नै प्रमुख खेलाडी हुन् । स्पेनविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गरेका रोनाल्डोलाई रोक्न सके मात्र मोरक्कोले खेल आफ्नो पक्षमा पार्न सक्ने देखिन्छ । त्यस्तै यस टिममा आन्द्रे सिल्भा उदाउदा खेलाडीको रुपमा रहेका छन् । सिल्भाले एसी मिलानमा त्यति राम्रो प्रदर्शन नगरेपनि पोर्चुगलका लागि विश्वकप छनौटमा रोनाल्डोसँग मिलेर १० गोल गरेका थिए ।

साथै पोर्चुगलमा अनुभवी डिफेन्डर पेपेको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ । २०१६ को युरोकपको फाइनलमा फ्रान्सको आक्रमणलाई रोक्न पेपेले निकै ठुलो भूमिका निभाएका थिए । त्यस्तै म्यान्चेस्टर सिटीबाट खेल्ने बेनार्ड सिल्भा पनि पोर्चुगलको आक्रमण धारका प्रमुख खेलाडी हुने छन् ।

मोरक्कोका खेलाडीको कुरा गर्दा अयुब एल काबी मोरक्कोका प्रमुख खेलाडी हुन् । उनले मोरक्कोका लाही अहिलेसम्म ११ खेलमा ११ गोल गर्दै यस टिमका उच्च गोल करता रहेका छन् । त्यस्तै यस टिममा एजेक्सबाट खेल्ने हाकिम जिएच र युभेन्टसबाट खेल्ने डिफेन्डर तथा यस टिमका कप्तान मेदहि बेनाटियाको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै