• २०८१ बैशाख ८ शनिबार

नेइमार फेरी घाइते, अभ्यास बिचमै छोडे !

kharibot

काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार फेरी इन्जुरीका कारण विश्वकपको खेल गुमाउन सक्ने देखिएको छ ।

मंगलबार अभ्यासका क्रममा नेइमारलाई सहयोगीले मैदान बाहिर लैजादै गरेको देखिएपछि नेइमार विश्वकपको अर्को खेलमा खल्ने नखेल्ने बारे प्रश्न उठेको हो ।

विश्वकपको समुह चरणको आफ्नो पहिलो खेलमा स्विटजरल्याण्डसँग खेल्दा नेइमारलाई १० पटक फाउल गरिएको थियो । सो खेलपछि नेइमारले खुट्टामा अत्यन्त पिडा भएको बताएको ब्राजिलियन फेडेरेशनले जनाएको छ । स्विटजरल्याण्डविरुद्ध १-१ गोलको बराबरीमा चित्त बुझाएको ब्राजिलले अब दोस्रो खेल शुक्रबार कोष्टारिकासँग खेल्दै छ ।

नेइमारले मंगलबारको अभ्यास बिचमै छोडेपछि उनको अर्को खेलमा उपस्थिति हुने नहुने आशंका बढेको छ । गत फेब्रुअरीमा खुटा भाचिएपछि तीन महिना पछि मैदानमा आएका नेइमारलाई स्विस खेलाडीले पुरै घेरेर राखेका थिए भने कुनै एक खेलाडीलाई यसरी घेरेर धेरै फाउल गरेको पनि नयाँ रेकर्ड बनेको थियो ।

ब्राजिल फुटबल फेडेरेशनले नेइमारले बुधबार नियमित अभ्यास गर्ने बताए पनि नेइमार अभ्यास बिचमा छोडेर मैदानबाट निस्किदा देखिएको तस्बीरबाट उनको इन्जुरी ठुलो रहेको अनुमान लगाउन सकिन्छ । 

यसअघि सन २०१४ को विश्वकपमा पनि कोलोम्बियाविरुद्धको खेलमा नेइमार घाइते भएपछि विश्वकपबाट बाहिरिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै