• २०८१ बैशाख ४ मंगलबार

एकदिवसीय क्रिकेटमा इङल्याण्डको नयाँ रेकर्ड, अस्ट्रेलियाविरुद्ध बनायो धेरै रनको रेकर्ड 

kharibot

काठमाडौँ । एकदिवसीय क्रिकेटमा नयाँ रेकर्ड बनेको छ ।

इङल्याण्डले अस्ट्रेलियाविरुद्ध ५० ओभरमा ४८१ रन बनाउदै एकदिवसीय क्रिके मा अहिलेसम्मकै उच्चरन बनाउने रेकर्ड बनाएको छ । मंगलबार भएको अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ४८१ रन बनाएको थियो ।

रेकर्ड रन बनाउने क्रममा इङल्याण्डका एलेक्स हल्सले सर्वाधिक १४७ र जोनी बैरस्टवले १३९ रन बनाएका थिए । त्यस्तै जेसन रोयले ८२ र इओन मोर्गनले ६७ रन बनाएका थिए ।
एकदिवसीय क्रिकेटमा यस अघि उच्च रन बनाउने रेकर्ड पन इङल्याण्डकै नाममा थियो । इङल्याण्डले २०१६ मा पाकिस्तानविरुद्ध ४४४ रन बनएको थियो । त्यस्तै श्रीलंकाले २००६ मा नेदरल्याण्डसविरुद्ध ४४३ र दक्षिण अफ्रिकाले २०१५ मा वेस्टइण्डिजविरुद्ध ४३८ रन बनाएको थियो ।

अहिलेसम्म एकदिवसीय क्रिकेटमा १९ पटक ४ सय भन्दा बढी रन बनेकोमा दक्षिण अफ्रीकाले मात्र ६ पटक ४ सय भन्दा बढी रन बनाएको छ । त्यस्तै भारतले ५ पटक एकदिवसीय क्रिकेटमा ४ सय भन्दा बढी रन बनाएको छ । त्यसैगरि इङल्याण्डले भने यो सहित तीन पटक एकदिवसीय क्रिकेटमा ४ सयभन्दा बढी रन बनाएको छ ।

यस खेलमा अस्ट्रेलिया ३७ ओभरमा २३९ रनमा अल आउट भएपछि इङल्याण्डले खेल २४२ रन ले जितेको छ । यो जितसँगै इङल्याण्डले ५ खेलको सिरिजमा ३-० ले अगाडी हुदै सिरिज कब्जा गर्न सफल भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै