• २०८१ बैशाख ७ शुक्रबार

पोल्याण्डलाई स्तब्ध पर्दै सेनेगलको विश्वकपमा विजयी सुरुवात

kharibot

काठमाडौँ । अफ्रिकी मुलुक सेनेगलले विश्वकपमा आफ्नो विजयी सुरुवात गरेको छ ।

मंगलबार राति भएको खेलमा सेनेगलले युरोपियन देश पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । सन् २००२ को विश्वकपको पहिलो खेलमा फ्रान्सलाई पराजित गरेर सनसनी मच्चाएको सेनेगलले यस विश्वकपमा बलियो मानिएको पोल्याण्डलाई पराजित गरेको छ ।

सेनेगलको जितमा एम बाए नियागले एक गोल गरेका थिए बहने एक गोल पोल्याण्डका थियागो सियोनेकले आत्मघाती गोल गरेका थिए । त्यस्तै पोल्याण्डका लागि जर्जेगोर्ज क्रिचोविअकले गरेका थिए । युरोपियन छनौट खेलमा उच्च १६ गोल गरेका रोबर्ट लेवानडोस्कीले भने यस खेलमा गोल गर्न सकेनन् ।

सेनेगलको यो जितपछि महत्वपूर्ण ३ अंक हासिल गर्दै समुह एचमा जापान र सेनेगलले आफ्ना पहिला खेल जित्दै ३-३ अंक हासिल गरेका छन् भने कोलोम्बिया र पोल्याण्डले अ-आफ्ना पहिलो खेल गुमाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै