• २०८१ बैशाख ८ शनिबार

भेडेटारस्थित भोजपुरे खोलामा बस पल्टिदा ३७ घाईते 

kharibot

धनकुटा ।  कोशी राजमार्ग अन्तर्गत धनकुटाको भेडेटारस्थित भोजपुरे खोलामा यात्रुवाहक वस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । 

रौतहटबाट धनकुटाको पाख्रिवास कृषि अनुसन्धान केन्द्र तर्फ कृषि भ्रमणको टोलि लिएर आउँदै गरेको ना ५ ख ३३२८ नम्वरको बस व्रेक फेल भई अनियन्त्रित हुँदा सडकदेखि करिव १ सय मिटर तल भोजपुरे खोलामा खसेको  ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान सूर्य शिवाकोटीले जानकारी दिए  । 

सबै घाइते यात्रुलाई उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै