प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम सञ्चालन हुने

खरीबोट

धनगढी / प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन हुने भएको छ । 

प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६को बजेट तथा कार्यक्रममा उक्त प्रदेशमा पर्यटकीयस्थलको प्रवद्र्धन र विकास गर्न पर्यटन बोर्ड स्थापना गरी पर्यटनका गतिविधि सञ्चालन गरिने उल्लेख छ । यसका लागि प्रदेशका नौवटै जिल्लामा पर्यटनका पूर्वाधार पहिचान तथा निर्माणका लागि रु १६ करोड ५० लाख विनियोजन गरिएको छ । 

यो प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महाकाली, कर्णाली, सेतीलगायतका नदीमा ¥याफ्टिङ (जलयात्रा) र पहाडी जिल्लामा प्याराग्लाइडिङजस्ता क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति पनि सरकारको छ । नेपालको सबैभन्दा लामो तथा बढी पानीको सतह भएको कर्णाली नदीको कैलाली चिसापानीदेखि टीकापुरसम्मको भागमा जलयात्राका लागि निकै उपयुक्त देखिएको छ । यद्यपि अहिलेसम्म यो नदीमा व्यावसायिकरुपमा जलयात्रा सञ्चालन हुन सकेको छैन । 

प्रदेश सरकारको बजेट नीति कार्यक्रममा प्रदेशका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रलाई समावेश गरी धार्मिक पर्यटनको प्रवद्र्धन, पूर्वाधार विकास गर्ने नीतिअनुरुप सम्भाव्यता अध्ययन भई पहिचान भएका धार्मिक पर्यापर्यटन करिडोरको पूर्वाधार विकास गरिनेसमेत उल्लेख छ । 

धार्मिक एवं पर्यटकीयस्थल खप्तड क्षेत्रको प्रवद्र्धन गरी पर्यटनको विकास एवं रोजगारीका अवसर सिर्जना गर्न ‘खप्तड बाहिरी रिङ्रोड’ आयोजना सञ्चालन गरिने पनि बजेट कार्यक्रममा उल्लेख छ । 

डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाको केन्द्रबिन्दुमा रहेको यो क्षेत्रमा ‘खप्तड बाहिरी रिङ्रोड’ आयोजना सञ्चालनका लागि रु पाँच करोड विनियोजन गरिएको छ ।पर्यटन प्रवद्र्धनसम्बन्धी आवश्यक पूर्वाधार जुटाउन नसकिएका कारण प्रदेश नं ७ पर्यटकको गतिविधि न्यून रहेको छ । 

निजी क्षेत्र कैलाली उद्योग वाणिज्य संघको पहलमा एक दशकदेखि यो प्रदेश (साविक सुदूरपश्चिम)मा रहेका पर्यटकीय गन्तव्यस्थलको आकर्षक तस्वीरसहितका ‘पोष्टर’ प्रकाशन गरी प्रचारप्रसार हुँदै आए पनि प्रचारप्रसारको कामबाहेक पर्यटन प्रवद्र्धनका लागि अपेक्षित उपलब्धि हुन सकेको छैन । 
 

सम्बन्धित समाचार

प्रदेश नं ७ मा ‘ओल्के’ चाड मनाइँदै

धनगढी । पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के चाड प्रदेश नं ७ मा उल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने यो चाड

प्रदेश नं ७ मा सुक्खावनदरगाह : शुरआतमै सशंकित

भीमदत्तनगर / नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्चनभोजको नर्सरीमा गत बिहीबार बाक्लो सुरक्षा घेरामा स्थानीयवासी मलिनअनुसार गरेर आगन्तुकको पर्खाइमा थिए ।  उद्योग, वाणिज्य तथा आँपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव पूर्व

प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

धनगढी / प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताए ।  बजेट बनाउँदा

प्रदेश नं ७ को चालू आर्थिक वर्षमा २३ प्रतिशत बजेट खर्च

धनगढी /  प्रदेश नं ७ को प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४÷७५को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्ये जेठ महिनासम्ममा २३ दशमलव ४२ प्रतिशत खर्च भएको छ ।  आर्थिक मामिला तथा योजना