• २०८१ बैशाख ११ मंगलबार

विश्वकप प्रिभ्यु : आयोजक रसियाविरुद्ध जित्नै पर्ने दबाबमा इजिप्ट 

kharibot

काठमाडौँ । विश्वकप फुटबलमा समुह चरणका पहिलो खेल आज सकिदै छन् । समुह चरणको दोस्रो खेल पनि आजदेखि नै हुदै छ । आज समुह ए मा रहेको आयोजक रसियाले इजिप्टको सामना गर्दै छ ।

पहिलो खेलमा शानदार प्रदर्शन गर्दै साउदी अरबलाई पराजित गरेको रसियाले यस खेलमा जित हासिल गरेर दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्ने गरि मैदानमा आउदै छ भने पहिलो खेलमा उरुग्वेसँग पराजित इजिप्ट विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ ।

फिफा वरियतामा ४५औ स्थानमा रहेको इजिप्टमा अर्जेन्टिनी हेक्टर कुपर म्यानेजर रहेका छन्, जसले भ्यालेंसी लाई सन २००० र २००१ मा लगातार च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए । 

आफ्ना प्रमुख खेलाडी मोहमद सलाहको इन्जुरीबाट फर्किने व्यग्र प्रतिक्षा गरेको इजिप्टका लागि सलाह यस खेलमा टिममा फर्किने बताइएको छ । सलाह पहिलो खेलमा उरुग्वेविरुद्ध बेन्चमा नै बसेका थिए । 

यस टिमका प्रमुख खेलाडी २८ बर्षिय मोहमद सलाह नै हुन् । हालै इजिप्टमा भएको निर्वाचनमा दश लाख मतदाताले सलाहको नाम लेखेर भोट खसाले पछि मत रद्ध भएको थियो ।

यसबाट पनि उनि इजिप्टका लागि कति ठुला खेलाडी हुन् सजिलै अनुमान लगाउन सकिन्छ । लिभरपुलबाट व्यवसायिक फुटबल खेल्ने सलाह विश्वकप अघि नै टिममा फर्किने विस्वास गरिएको छ । 

त्यस्तै यस टिममा २३ बर्षिय ट्रेजेगुयटलाई उदाउदा खेलाडीको रुपमा हेरिएको छ । उनको असली नाम महमाउद इब्राहिम हसन हो तर उनले आफ्नो नाम फ्रान्सका पुर्वराष्ट्रिय खेलाडी ट्रेजगुयटको नामबाट राखेका छन् । 

रसियाका पुर्वखेलाडी स्टेनस्लभ चेरचेसोभ म्यानेजर रहेको रसियालाई यस विश्वकपमा पहिलो खेलमा गरेको प्रदर्शनबाट अब समुह ए बाट दोस्रो चरण जान सक्ने टिमको रुपमा हेरिएको छ । 

रसिया टिमका प्रमुख खेलाडीको कुरा गर्दा गोल किपर इगोर अकिनफीभ रहेका छन् । ३२ बर्षिय गोलकिपर इगोर टिमका कप्तान पनि हुन् । उनले मैत्रीपूर्ण खेलहरुमा केहि गल्ति गरेका थिए भने विश्वकपमा सो गल्ति नदोहोराउने आशा गरिएको छ ।

त्यस्तै रसिया टिममा युवा खेलाडी अलेकस्याण्डर गोलोभिन उदाउदा खेलाडीको रुपमा रहेका छन् । २२ बर्षिय गोलोभिन रसियाकै क्लब सिएसकेए मस्कोबाट व्यवसायिक फुटबल खेल्दछन् । उनलाई रसियाको युवापिढीको उत्कृष्ट खेलाडी मानिएको छ । उनले साउदीविरुद्धको पहिलो खेलमा २ गोल असिस्ट गरेका थिए । त्यस्तै पहिलो खेलमा २ गोल गरेका डेनिस चेरीशेभको दोस्रो खेलको प्रदर्शन कस्तो हुन्छ भन्ने कौतुहलता पनि देखिएको छ ।

यी दुई टिमबीच अहिलेसम्म कुनै खेल नभएपनि यस खेलमा जितले रसियालाई दोस्रो चरणमा लैजान सक्छ भने इजिप्टका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ । पहिलो खेल हारेका कारण यस खेलमा पराजित भए विश्वकपबाटै बाहिरिने सम्भावना हुने हुदा इजिप्ट आयोजकलाई हराउने गरि नै मैदानमा आउनुपर्ने देखिन्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै