• २०८१ बैशाख १४ शुक्रबार

नयाँ स्वरुपमा मानव तस्कर हुदै : एसइइ दिएका बिद्यार्थी बढी जोखिममा 

kharibot

फाइल तस्बीर

काठमाडौँ । चेलीबेटी बेचबिखन नेपाली समाजमा बिगत लामो समयदेखी सामाजीक समस्याको रुपमा रहेको छ । जसलाई हाल मानव तस्करीको नामले समेत बुझ्ने गरीएको छ ।

यसलाई हाम्रो समाजमा सामाजिक तथा जघन्य अपराध मानिएको छ  । बिशेषगरी नेपाली चेलीहरु देहब्यापारको लागि भारतका बिभिन्न ठाउँमा ओसार पसार गरेको थियो तर अहिले आएर नेपाली चेलीहरु भारतमा मात्र नभएर बिश्वका धेरै मुलुकमा बेचिएको पाइएको छ ।

अझ आश्चार्य कुरा त यो छ कि विगतमा आर्थिक समस्या र अनपढ नेपाली चेलीहरुमात्र बेचबिखनमा पर्ने गरेका घटना हुने गर्दथे तर अहिले  अनपढ र अशिक्षित चेली मात्र नभएर  ब्याचलर्सदेखी डिग्रीसम्म पढ्ने गरेका नेपाली युवती तथा स-साना बच्चाहरु समेत बेचबिखनमा पर्ने गरेको पाइएको छ । 

खरीबोटसँग कुरा गर्दे  शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले बाह्य मात्र नभएर  आन्तरीक मानव तस्कर सक्रिय भएका बताउदै स्कलरसिपमा पढाई दिने र बुक बेच्न नाममा म्यानेजरसम्म बनाई दिने भन्दै एसईई दिएर बसेका बिद्यार्थीहरुलाई प्रलोभनमा पारेर मानव तस्कर सक्रिय भएको बताइन । अहिले यो मानव तस्करीको फरक शैली भएको दनुवारले बताइन । मानव तस्करी विभिन्न शैलीमा हुने गर्दछ भन्दै उनले भनिन्, “ मानव तस्करी कम भएको छैन् फरक छ त केवल यसको शैलीमा ”  आर्थिक अवस्थाकै कारण बेचबिखन बढी हुने गरेको हुनाले आर्थिक शसक्तिकरणसँगै जनचेतना मुलक कार्य गर्ने सके मात्र मावन बेचबिखन कम हुने दनुवारको भनाई छ । 

एसईई दिएर बसेका बिद्यार्थीहरु खाली हुने भएकाले राम्रो जागिर लाईदिने नाममा पछिल्लो समय बेचबिखनको नयाँ शैली आएको र किताब बेच्ने प्रलोभन देखाएर भारतसम्म लैजाने परिपाटी समेत बढेको देखिएको छ ।

बिशेषगरी नेपालका सिन्धुपाल्चोक,  नुवाकोट,  दोलखा,  हुम्ला,  जुम्ला लगाएका जिल्लाहरुमा मानव तस्करी बढी हुने गरेको पाईएको छ  ।

ठूला मानीसको हकमा धनीबाट अझ धनी  र माया, प्रेम, बिवाह, पढाई, जागिर वा आर्थिक प्रलोभन,  राम्रो खाने र राम्रो लाउने प्रलोभनमा परेको पाईन्छ भने वालबालीकाको हकमा भने घरायसी झै झगडा, कोलाहल र आधारभुत आबश्यकता पुरा गर्ने नाममा बालबालिका सहज रुपमा दलालको हातमा पर्ने गरेको देखिएको छ ।

२ वर्ष अघि बिए अन्तिम वर्षको परिक्षा सकेर बसेकि नाम परिर्वतीत  संगिता थापा आफु मासिक ३० हजार जागिर आउँने भन्दै कसैले प्रलोभनमा पारेर फोन गरेको भरमा काठमाण्डौँबाट दोलखा सम्म पुगेको तर प्रहरीले तस्करी हुन लागेको बताएपछि उद्धार भएको बताउँछिन्  ।  उनी भन्छिन् “राम्रो कम्युटर सम्बन्धि काम हो,  भनेर गए, कुरा अर्के  रहेछ,  आर्थिक प्रलोभनमा छिटै परिदो रहेछ ।”

संगिता त हाम्रो समाजकी एउती प्रतिनिधि पात्र मात्र हुन् उनी जस्ता धेरै धेरै चेलीहरु प्रलोभनमा छिटै पर्छन् , नेपाली समाजमा छोरीलाई जागिर गर्न दिने र आर्थिक उपार्जनको काममा लगाउने वाताबरण अझै छैन् जस्ले गर्दा कसैले जागिर दिन्छु भन्दा बिश्वास गर्ने अवस्था भएको संगिताको भनाई छ  ।

टेकुका प्रहरी नायव  उपरिक्षक  मोहनकुमार थापा हरेक वर्ष मानव बेचबिखन बढेको र महिला बढी बेचबिखनमा परेका बताउँछन्,  थापाको अनुसार बेचबिखनको  प्रतिशत मध्ये  ९९ प्रतीशत महिलाहरु बेचबिखनमा पर्ने गरेका छन्  ।

टेकु प्रहरी परिसरले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२-७३ मा २३ उजुरी दर्ता भएका थिए भने आर्थिक वर्ष २०७३-७४ मा २१ उजुरी र २०७५ को बैशाख मसान्तसम्म आईपुग्दा बेचबिखनको संख्या बढेर २६ उजुरी दर्ता भएका छन् । यसरी हेर्दा नेपालमा बर्षेनी धेरै मानव बेचबिखनमा पर्ने गरेका छन्  । 

२०५४-५५ साललाई फर्केर हेर्ने हो भने मानव बेचबिखनको स्रोतको रुपमा नेपाललाई लिईन्थ्यो  भने हाल ट्रान्जिट र डेस्टीनेसनको रुपमा लिइन्छ । 

हिजो आज महिला तथा बालबालीका बेचबिखनमा नेपालमा मात्र नभएर विश्वमा नै विकराल समस्या बन्दै गएको छ । मावन बेचबिखन हताहतियार तथा लागु औषध ओसारपसार पछिको दोस्रो अवैध जघन्य मानवताविरुद्धको संगठित अपराध मानिन्छ ।

बेचबिखनमा परेका महिला तथा बालबालीकाहरु वेश्यावृती, घरेलु मजदुर, सर्कस,  बंधुँवामजदुरको रुपमा शारिरीक, मानसिक, यौनजन्य  एवं मानव अङ्ग तस्करीको लागि समेत प्रयोग गर्ने पाईएको छ । 

चेलीबेट बेचबिखनबिरुद्धको राष्ट्रिय संजाल एनसिसिएसटि अनुसार भारतमा मात्र वर्षेनी  १३ हजार भन्दा बढी महिला तथा बालबालीका बेचबिखनमा पर्ने गरेका छन्  । अहिले भारतमा मात्र कम्तीमा पनि दुई लाख नेपाली महिला तथा बालबालीका यौन व्यवसायमा संलग्न रहेको बताइएको छ  ।  खुल्ला सिमानाको कारण  भारतमा महिला तथा बालबालीका बेचबिखनमा बढी पर्ने गरेका छन्  । माईती नेपाल,  शक्ति समूह लगायतका बिभिन्न संस्थाको सक्रियतामा केहि कमि भने आएको छ  । 

सरकारले के गर्दै छ ? 

महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालयकी मावन बेचबिखन तथा नियन्त्रण शाखाकी प्रमुख रोशनीदेवी कार्की सरकारले मानव बेचबिखनमा महिला तथा बालबालिका बढी जोखिम भएको बताउँदै सरकारले क्रमस श्रम, गृह, परराष्ट मन्त्रालय संग आबद्ध भएर उद्धार गरीरहेको बताईन् ।  बिगतलाई फर्केर हेर्दा बिगतको तुलनामा बेचबिखन बढेको कार्कीको भनाई छ । उनले बिगतलाई हेर्दा बिचबिखनको स्वरुप परिवर्तन र वृद्धि भएको भन्दै शारीरिक शोषण कै रुपमा बढी वृद्धि भएको पाइएको बताउछिन ।

प्रलोभनमा परेर बेचिएका चेलीको उद्धारको लागि सरकारले कार्यविधि, रणनीति बनाएर बेचबिखनमा परेका पिडित र प्रभाबितलाई स्वदेश  फर्काउन स्वदेश फिर्ती नीयमावली, रणनीती तयार पारेको  र “ एनसिसिएसटि ”  मानव बेचबिखन तथा ओसारप्रसार बिरुद्धको राष्ट्रिय समितीले अप्ठ्यारोमा परेका पिडीत र प्रभावितलाई उद्धार गर्ने काम गर्दे आएको छ ।     साथै कुटनीतिक नियोगहरुले कुटनीतिक सदाचार स्थापना गरेर फर्काउने लागेको खर्च नेपाल सरकारले बेहोर्ने गरी काम गर्दे आएको छ  ।    

बालबालिकाको हकमा केन्द्रिय बालकल्याण समीतीले आफैले गर्ने प्रक्रिया  र हेल्प लाईनबाट यो वर्षमा हाल सम्ममा २४ सय बालबालीकाको उद्धार गरेको छ  । मानव बेचबिखमा  परेका आमा र साथमा रहेका बालबालिका  केन्या, कुवेत  लगाएका देशबाट पनि आमासंगै बालबालिका फर्काएको कार्कीको भनाई छ  ।  बेचबिखनको उद्धार गर्ने शिलसिलामा १० वटा पुनरस्थापना केन्द्र मार्फत नेपाल सरकारले सहयोग गर्दे आएको छ  । 

मानव बेचबिखन रोक्न ऐन, नियम, कानुन, मापदण्ड, निर्देशिका धेरै छन् । रोकथाम, संरक्षण, कानुनी कारवाही,   क्षमता विकास र  समन्वय  लगायतका कुरालाई कार्यान्वयन गर्न संस्थागत रुपमा लागु गर्न सरकार लागि परेको कार्की बताउछिन् । 


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै