प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जादै 

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मङ्गलबार बिहान चीनको औपचारिक भ्रमणमा जाँदै छन् । 

प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुदै छन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नाका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्ने छन् । 

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चीन फिङले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी, ऊर्जा, पर्यटनलगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए । उनले भने, “नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ ।” द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण हुन लागेको सचिव वैरागीले जानकारी दिए । 

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गरे । त्यहाँ उनले तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गगर्दै छन् । प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी छ र बेइजिङस्थित नेपाली दूतावासका आठजना सहभागी हुनेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १० गते स्वदेश फर्कनेछ ।  
 

सम्बन्धित समाचार

चीन भ्रमणपछि किन उत्साहित देखिएनन् प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा चुनिएसँगै दुई बलिया छिमेकी देशहरु भारत र चीनको राजकीय भ्रमण गरेका छन् ।  भारतमा चैतमा गएका ओली त्यसको तीन महिनामा यही असारमा छ

चीनसँग रेलमार्गसम्बन्धि सम्झौता महत्वपूर्ण – प्रधानमन्त्री ओली  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण बारे संघीय संसदलाई जानकारी गराएका छन् ।  प्रधानमन्त्री ओलीले संघीय संसदको प्रतिनिधिसभामा चीन भ्रमण बारे जानकारी दिदै प्रधानमन्त्री ओलीले चीनसँग व्यापार तथा

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे मंगलबार संसद्लाई जानकारी गराउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने भएका छन् ।  प्रधानमन्त्री ओली चीनको छ दिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका छन् ।  प्रधानमन्त्री

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराएका छन् ।  प्रधानमन्त्री ओलीले आइतबार बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने