• २०८१ बैशाख ७ शुक्रबार

विश्वकपमा बेल्जियमको शानदार सुरुवात, लुकाकुले गरे २ गोल 

kharibot

काठमाडौं । विश्वकप फुटबलमा समुह जिमा रहेको बेल्जियमले शानदार सुरुवात गरेको छ । गएराती भएको खेलमा बेल्जियमले पानामालाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा उत्कृष्ट सुरुवात गरेको हो ।

बेल्जियमका लागि रोमेलु लुकाकुले २ गोल गरे भने एक गोल ड्राइज मेर्टेन्सले गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हाफको सुरुमै मेर्टेन्सले बेल्जिमका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि लुकाकुले खेलको ६९ र ७५औ मीनेटमा गोल गर्दै बेल्जियमलाई शानदार जित दिलाएका थिए । 

यससँगै बेल्जियम आफ्नो १३ लगातार अन्तर्राष्ट्रिय खेलमा अपराजित रहेको छ । विश्वकप छनौटमा सबै खेल जितेर छनौट भएको बेल्जियमले विश्वकपमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ । 

यो जितसँगै बेल्जियमले महत्वपूर्ण ३ अंक हासिल गर्दै समुह जि मा शिर्ष स्थानमा रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै