• २०८१ बैशाख ७ शुक्रबार

विश्वकपमा इङल्याण्डको विजयी सुरुवात, ह्यारी केनले गरे २ गोल  

kharibot

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत समुह जि अन्तर्गत इङल्याण्डले ट्युनिसियालाई पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको छ । 

गएराती भएको खेलमा इङल्याण्डले ट्युनिसियालाई २-१ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

इङल्याण्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरेका थिए । १-१ गोलको बराबरीको अवस्थामा केनले खेलको अन्तिम मिनेट इन्जुरी समयमा निर्णायक गोल गर्दै इङल्याण्डलाई जित दिलाएका थिए ।

यसघि केनले नै खेलको ११औ मिनेटमा गोल गर्दै इङल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ३५औ मिनेटमा ट्युनिसियाले पेनाल्टी मार्फत गोल गर्दै खेल १-१ को बराबरी गरेको थियो । ट्युनिसियाका लागि फेर्जानी ससीले गोल गरेका थिए ।

यस सँगै समुह जिमा बेल्जियम र इङल्याण्डले आफ्नो पहिलो खेलमा जित हासिल गर्दै ३-३ अंक हासिल गरेका छन् भने ट्युनिसिया र पानामाले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै