नीलो स्टिकर भएको ट्याङ्करको पानी मात्र पिउनयोग्य

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । नीलो स्टिकर पाएका ट्याङ्करका पानी मात्र पिउनयोग्य रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । 

उपत्यकामा नीलो स्टिकर पाउने १४ ट्याङ्कर मात्र रहेको बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले राससलाई जानकारी दिनुभयो । वर्षामा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्याङ्करको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सचेत हुन बोर्डले आह्वान गरेको छ । 

ट्याङ्करको पानीको गुणस्तरीयता जाँच र मूल्य निर्धारणका लागि बोर्डको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो । समिति सदस्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि सदस्य छन् । समिति गठन भएपछि ५५१ टयांकरलाई स्टिकर बाँडिएको बोर्डका कार्यकारी निर्देशक राणाले बताए । 

घरायसी प्रयोजन अर्थात् नुहाउन र कपडा धुन मात्र प्रयोग गर्न सकिने पानी बोक्ने ट्याङ्करलाई हरियो स्टिकर दिइएको छ । यस्ता ट्याङ्कर ४८७ छ । निर्माण र बगैँचामा सिँचाइका लागि मात्र प्रयोग गर्न सकिने पानीको ट्याङ्करलाई पहेँलो स्टिकर दिइएको छ । यस्ता ट्याङ्कर ५० रहेको बोर्डले जनाएको छ । 

वर्षात्मा पानीकै कारण विभिन्न सरुवा रोगको प्रकोप बढ्ने भएकाले बोर्डले दिएको स्टिकरको रङ हेरेर मात्र पानीको उपभोग गर्न बोर्डले अनुरोध गरेको छ । ट्याङ्करको पानीसम्बन्धी विस्तृत जानकारीका लागि बोर्डको मोबाइल एप्स ‘काठमाडौँ भ्याली इन्फरमेसन सिस्टम’ डाउनलोड गरी थप जानकारी लिने सकिने जनाइएको छ । 

सम्बन्धित समाचार

कर लगाएपछि व्यवसायीको आन्दोलनले भक्तपुरमा खानेपानीको हाहाकार

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ ।  नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति

भक्तपुरमा खानेपानीको ८८ प्रतिशत मुहान प्रदूषित

भक्तपुर / भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन

खानेपानी मन्त्री थापामगरबाट संसदमा जवाफ

काठमाडौँ / खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताएका छन ।  विनियोजन विधेयकमाथिको छलफलमा संसद

घुससहित खानेपानी डिभिजन कार्यालयको इन्जिनियर पक्राउ

बनेपा । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित आज दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।  खनाललाई सेवाग्राहीसँग घुस