पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य: नेता प्रकाशमान सिंह

खरीबोट

फाइल तस्विर । 

चितवन /  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन । 

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३को प्रदेशस्तरीय भेलालाई सोमबार  सम्बोधन गर्दै उनले पार्टीको वास्तविकतालाई आधार मानेर कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता औल्याएका हुन् । 

प्रजातन्त्रिक पद्धति पार्टीभित्रबाट थाल्नुपर्नेमा जोड दिँदै उनले भने, “यो अवस्थामा पार्टी चल्दैन, अब विधिसम्मत पार्टी चल्नुपर्छ, गाउँदेखि केन्द्रसम्म सबै मिलेर लाग्नुपर्छ ।पार्टी कमजोर हुन्छ भनेर नबोली बस्नु नै काँग्रेसका नेताहरुको कमजोरी हो । ” 

वर्तमान सरकारले गरेका कमीकमजोरीलाई जनतामाझ ल्याउन संसद्मा विपक्षीको सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । 

उक्त संघका केन्द्रीय अध्यक्ष जगतप्रसाद तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, संघका केन्द्रीय महासचिव राजेन्द्रप्रसाद गौतम, प्रदेश उपाध्यक्ष विष्णु गौतम, प्रदेश नं ५का संयोजक मदन कट्टेल, प्रा डा तेजबहादुर केसीलगायतले कार्यक्रमलाई संबोधन गरेका थिए । भेलाले प्रदेश समितिको गठन गर्नेछ । 

सम्बन्धित समाचार

प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा पर्यो- नेपाली काँग्रेस 

काठमाडौँ।  नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा परेको ठहर गरेको छ।  मंगलबार बसेको बैठकले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने संसदीय समितिको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ।  नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।  बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीभित्रका गतिविधि र महासमिति बैठकबारे छलफल हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।  बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा

नेपाली काँग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै 

काठमाडौँ।  सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज देशभर र विदेशका ३० देशमा समेत विरोध प्रदर्शन गर्दै छ ।  कांग्रेसले आज देशका

नेपाली काँग्रेसद्वारा प्रदेश ३ को प्रदेशसभा बैठक अवरुद्ध

हेटौँडा । तीन नं प्रदेशसभाको आजकोे बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ ।  यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता