पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य: नेता प्रकाशमान सिंह

खरीबोट

फाइल तस्विर । 

चितवन /  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन । 

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३को प्रदेशस्तरीय भेलालाई सोमबार  सम्बोधन गर्दै उनले पार्टीको वास्तविकतालाई आधार मानेर कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता औल्याएका हुन् । 

प्रजातन्त्रिक पद्धति पार्टीभित्रबाट थाल्नुपर्नेमा जोड दिँदै उनले भने, “यो अवस्थामा पार्टी चल्दैन, अब विधिसम्मत पार्टी चल्नुपर्छ, गाउँदेखि केन्द्रसम्म सबै मिलेर लाग्नुपर्छ ।पार्टी कमजोर हुन्छ भनेर नबोली बस्नु नै काँग्रेसका नेताहरुको कमजोरी हो । ” 

वर्तमान सरकारले गरेका कमीकमजोरीलाई जनतामाझ ल्याउन संसद्मा विपक्षीको सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । 

उक्त संघका केन्द्रीय अध्यक्ष जगतप्रसाद तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, संघका केन्द्रीय महासचिव राजेन्द्रप्रसाद गौतम, प्रदेश उपाध्यक्ष विष्णु गौतम, प्रदेश नं ५का संयोजक मदन कट्टेल, प्रा डा तेजबहादुर केसीलगायतले कार्यक्रमलाई संबोधन गरेका थिए । भेलाले प्रदेश समितिको गठन गर्नेछ । 

सम्बन्धित समाचार

नेपाली काँग्रेसद्वारा प्रदेश ३ को प्रदेशसभा बैठक अवरुद्ध

हेटौँडा । तीन नं प्रदेशसभाको आजकोे बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ ।  यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता

नेपाली काँग्रेसद्वारा प्रदेश ३ को प्रदेशसभा बैठक अवरुद्ध

हेटौँडा । तीन नं प्रदेशसभाको आजकोे बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ ।  यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता

उपकुलपतिमाथिको व्यवहार मानवअधिकार विरोधी -नेपाली काँग्रेस

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालालाई गरिएको दुव्र्यवहारलाई नेपाली काँग्रेसले अपहरणको शैलीमा भएको भन्दै यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।  प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा क्यानाडामा हुन

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

चितवन / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन  । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै