• २०८१ बैशाख ११ मंगलबार

अमिताभ बच्चनको फिल्मलाई शाहरुखले लगानी गर्ने 

kharibot

मुम्बई । बलिवुडका किङखान शाहरुख खानले महानायक अमिताभ बच्चनको फिल्म ‘बदला’ को निर्माण गर्ने भएका छन् । यससँगै बलिवुडका दुई महान कलाकार अमिताभ र शाहरुख फेरी पर्दामा सँगै देखिने भएका छन् ।

शाहरुखको फिल्म कम्पनि रेड चिल्ली इन्टरटेनमेन्ट र अंकुर इन्टरटेनमेन्टसँग मिलेर बदला फिल्मको निर्माण गर्ने भएका हुन् । यस फिल्ममा अमिताभ बच्चन प्रमुख भुमिकामा रहने भएका छन् । फिल्मको सुटिंग स्कटल्याण्डमा सुरु हुदै छ । फिल्ममा तपसी पन्नुले पनि अभिनय गर्ने भएकी छन् ।

फिल्मको सुटिंगका लागि अमिताभ बच्चन छिट्टै सुटिंगका लागि सो तर्फ जाने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्मलाई सुजाय घोषले निर्देशन गर्ने भएका छन् ।

फिल्ममा अमिताभ र तपसीका अलावा नासिरुद्धीन शाहको प्रमुख भुमिका हुने बताइएको छ । यस फिल्ममा दुईजनाको कथा रहेको छ, जसमा एक अर्कासँग बदला लिन खोज्ने कथा रहेको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै