• २०८१ बैशाख ७ शुक्रबार

ट्रम्प र पुटिनबीच जुलाईमा भेटवार्ता हुनसक्ने

kharibot

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को आगामी जुलाई ११ र १२ गते हुने भनिएको सम्मेलनमा सहभागी हुन यूरोप आएका समय रूसी समकक्षीसँगसमेत भेट्ने बताइएको छ । 

वार्ताको तयारीका लागि रूसका लागि अमेरिकी राजदूत जोन हन्टम्यानले मस्को भ्रमणमा जाने रिपब्लिकन पार्टीका सांसदहरूको प्रतिनिधिमण्डलको चयन गरिरहेको रूसी समाचार संस्था तासले जनाएको छ । 

गत हप्ता रूसी राष्ट्रपति पुटिनले आफू रचनात्मक वार्ताका लागि ट्रम्पसँग भेटवार्ता गर्न चाहेको बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी नेता पुटिनलाई भेटका लागि गत अप्रिलमा निमन्त्रणा दिएका थिए । 

रूसी उप विदेशमनत्री सेर्गेइ ¥याकोवले केही समय पहिले भेटवार्ताबारे सङ्केत गर्दै यस किसिमका सम्बन्धले मस्को र वासिङ्टनको सम्बन्ध सुधार हुनेमा विश्वास व्यक्त गरेका थिए । 

यदि आगामी महिना दुईनेताबीच भेट भएमा उनीहरूबीच हुने यो तेस्रो प्रत्यक्ष भेट हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै