• २०८१ बैशाख ७ शुक्रबार

वाणिज्य बैंक र नेपाल बैंकलाई थप एफपीयोका लागि स्वीकृति

kharibot

काठमाडौँ । सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलाई थप सार्वजनिक निष्कासन(एफपिओ) का लागि स्वीकृति दिइएको छ । 

नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता रु २८० मा एफपिओ निष्कासनका लागि स्वीकृति दिइएको हो । रु एक सय आधार मूल्यको शेयरमा रु १८० प्रिमियम थप गरी सार्वजनिक निष्कासनका लागि यही असार १ गते स्वीकृति दिइएको बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिए । 

बैंकले रु चार अर्ब ९५ करोड १७ लाख ६० हजार २४० बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयर बिक्री गर्नेछ । बैंकको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । एनएमबी बैंक लिमिटेडको एफपिओ बिक्री भइरहेको बेला बोर्डले पुनः नेपाल बैंकलाई समेत एफपिओ बिक्रीको स्वीकृति दिएको हो । 

नेपाल राष्ट्र बैंकले यसै असार मसान्तसम्म चुक्ता पूँजी रु आठ अर्ब पुर्याउन दिएको निर्देशनअनुसार नेपाल बैंकले थप निष्कासन गर्न लागेको हो । बजारमा सो बैंकको शेयर मूल्य प्रतिकित्ता रु ३१० रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै