• २०८१ बैशाख ७ शुक्रबार

यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

kharibot

फाइल तस्विर । 

पोखरा / यति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । 

काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ  गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए । 

पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए । 

उनका अनुसार लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहनुभएको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै