• २०८१ बैशाख १३ बिहीबार

यतीको विमान पोखरामा दुर्घटनाबाट जोगियो, चिप्लिएर घाँसे मैदानमा पुग्यो विमान 

kharibot

फाइल तस्बीर

पोखरा । पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम विमान अवतरण पछि पार्किङमा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ । 

विमानस्थलका अनुसार अवतरणपछि विमान फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर जहाज घाँसे मैदानमा पुगेको हो।

विमानस्थलका अनुसार दिउँसो २:४५ मा विमान अवतरण गरेको थियो। काठमाडौंबाट ६ जना विदेशी र बाँकी स्वदेशी गरि ३० जना यात्रु बोकेर आएको उडान नम्बर ६८१ को ९ एन–एएचयू कलसाइनको जहाज धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेको हो । विमान पिच भाग छाडेर झन्डै २० मिटर बाहिर घाँसे मैदानमा पुगेको छ।

दमकल सहित सुरक्षाकर्मीको टिम अहिले जहाज भएको ठाउँमा पुगिसकेका छन् । जहाज चिप्लिएपनि विमानस्थल भने सूचारु रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै