• २०८१ बैशाख ५ बुधबार

चीनको सहयोगबाट बन्ने कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै निकाय बनाउने निर्णय

kharibot

काठमाडौँ । सरकारले चीन सहयोगसम्बन्धि कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने भएको छ ।

आईतबार बसेको मन्त्रीपरिषद बैठकले चीन सहयोगसम्बन्धि कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने समझदारी पत्रको मस्यौदा स्विकृत गरेको हो।
सो समझदारी पत्रमा चीनको परराष्ट्र मन्त्रालयसँग हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको २ दिन अघि सरकारले विगतमा चीनसँग गरिएका सहमति कार्यान्वयनमा सहज हुने गरी आवश्यक संयन्त्र स्थापना गर्ने परराष्ट्र मन्त्रालयको प्रस्ताव स्विकृत गरेको हो ।

मन्त्रिपरिषद बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राजस्व अनुसन्धान विभागहरुको संगठन संरचना पनि स्वीकृत गरेको छ ।

त्यस्तै मन्त्रिपरिषदले लेखा परीक्षण विधेयक संघीय संसदमा पेश गर्न स्विकृति पनि दिइएको बताए। त्यसैगरी सरकारले सूचना प्रविधि तथा सार्वजनिक सेवा प्रशारणसम्बन्धि विधेयक तर्जुमा गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयलाई सैद्धान्तिक सहमति पनि दिएको छ।

सरकारले नेपाल खानेपानी संस्थानको बोर्ड सदस्य ९ जना मात्रै कायम राख्ने निर्णय पनि गरेको छ । बोर्डमा १९ जना सदस्य रहेकोमा १० जना कटौति गरी ९ सदस्यमात्रै कायम राख्ने निर्णय लिइएको पनि प्रवक्ता बास्कोटाले जानकारी दिए ।

मन्त्रीपरिषद बैठकले उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगंजको दरबन्दी स्विकृत पनि गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै