• २०८१ बैशाख १४ शुक्रबार

नेकपा दर्तासम्बन्धि रिटमा सर्वोच्चको कारण देखाउ आदेश 

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी दर्ता सम्बन्धि रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश अनिल सिन्हाको एकल इजलासले  पार्टीको स्थायी र केन्द्रीय समिति लगायतका संरचनामा किन ३३ प्रतिशत महिला नराखेको जवाफ दिन नेकपालाई आइतबार आदेश दिएको हो । 

सर्वोच्चले कानूनअनुसार ३३ प्रतिशत महिला नपुर्याफएको दल किन दर्ता गरेको भन्दै निर्वाचन आयोगसँग पनि जवाफ मागेको छ । सर्वोच्चले नेकपा र आयोगलाई १५ दिनभित्र जवाफ दिन सो आदेशमा निर्देशन दिएको छ ।

यसअघि जेठ ३१ गते वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता इन्दु तुलाधर लगायतले ३३ प्रतिशत महिला सदस्य नपुर्या एको नेकपाको दल दर्ता कानुन प्रतिकुल भएकाले त्यसलाई मान्यता दिन नहुने माग गर्दै रिट दायर गरेका थिए।

आजको बहसमा वरिष्ठ अधिवक्ता भण्डारी, अधिवक्ताहरु इन्दु तुलाधर र भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले बहस गरेका थिए ।

उनीहरूले नेपालको संविधान २०७२ को धारा २६९(२) ले कानून बमोजिमको कार्यविधि पुरा गरि निर्वाचन आयोगमा दल दर्ता गराउनु पर्ने अनिवार्य शर्त तोकेको, राजनैतिक दल दर्ता सम्बन्धि ऐन, २०७३ को दफा १५(४) मा दलको सबै तहको समितिमा कम्तिमा एक तिहाई महिला सदस्य हुनु पर्ने किटानी व्यवस्था गरेको र सोही ऐनको दफा १०(४) ले कुनै पनि राजनैतिक दल एकीकरण वा गाभिएका खण्डमा समेत एक तिहाइ महिला हुनै पर्ने शर्तलाई अनिवार्य मानेकोमा संविधान र कानुनभन्दा माथि रहेर उक्त दलले सो व्यवस्थालाई लत्याई लोकतन्त्रको नयाँ उपलब्धीलाई कुल्चिएकोले सो दलको लर्ता तत्काल बदर गर्न माग गरेका थिए ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गत जेठ २३ गते आयोगमा दर्ता भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै