• २०८१ बैशाख ८ शनिबार

कम्बोडियाली राजकुमार सडक दुर्घटनामा घाइते

kharibot

नोम्पेन्ह । कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते भएका छन् । 

उनीहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उनीहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहनुभएको स्वास्थ्य अधिकारीले जनाएका छन् । 

उनीहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा सवारीमा थिए । आइतबार बिहान स्थानीय समयअनुसार ९ बजे उनीहरुको सवारीलाई धक्का दिएको थियो । 

राजकुमारको देब्रे हातमा चोट लागेको छ । उनीहरु दुवै जना खतरामुक्त रहेको उक्त प्रान्तका प्रहरी प्रमुख र उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । 

सुरक्षा अधिकारीहरुले उनको सवारीसाधनलाई ठक्कर दिने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको पनि प्रहरी अधिकारीले जनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै