• २०८१ बैशाख १३ बिहीबार

ओली र प्रचण्डद्वारा पार्टी एकतालाई सुदृढ बनाउँदै सरकारलाई सफल बनाउन निर्देशन  

kharibot

काठमाडौँ । नेकपाका अध्यक्षद्वयले पार्टी एकतालाई सुदृढ बनाउँदै सरकारलाई सफल बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको पहिलो स्थायी समिति बैठकमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सुदृढ र एकतावद्ध बनाउँदै सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अघि बढ्न निर्देशन दिएका हुन् ।

बैठकमा पार्टी एकतापछिको अहिलेसम्मको सांगठनिक एकिकरण, राजनीतिक परिस्थिति र सरकारको काम बारे बैठकमा समिक्षा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले पार्टी एकीकरण अद्धितीय, असाधारण तथा विशिष्ठ रहेको भन्दै सांगठनिक संरचनालाई मजबुत बनाउँदै सरकारको कामलाई प्रभावकारी र परिणममुखी बनाउन मद्दत पुर्याउने निर्णय गरेको पनि प्रवक्ता प्रकाशले जानकारी दिए ।

बैठकमा पार्टीको नियमावलीको बारेमा १० दिनभित्र सबै स्थायी समिति सदस्यबाट सुझाव लिई त्यसै आधारमा सचिवालय बैठकले नियमावलीलाई स्थायी समितिमा पेस गर्ने निर्णय पनि भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै