• २०८१ बैशाख १२ बुधबार

साउदी अरबले तीन खेलाडीलाई ‘सजाय’ दिने, फुटबल फेडेरेशनको अध्यक्षले दिए चेतावनी

kharibot

काठमाडौँ । विश्वकपको उद्घाटन खेलमा आयोजक रसियासँग लज्जास्पद हार बेहोरेको साउदी अरेबियाका तीन खेलाडीलाई कारवाही हुने भएको छ । साउदी फुटबल फेडरेशनका प्रमुख अडेल इज्जतले राम्रो प्रदर्शन नगरेका खेलाडीलाई सजाय दिइने बताएका छन् ।

विहिबार भएको विश्वकपको पहिलो खेलमा ५-० को हार बेहोरेको साउदी टिमले आफ्नो देशमा कडा आलोचना बेहोरेको छ । इज्जतले मस्कोमा भएको खेल खेलाडीको क्षमता भन्दा निकै तल्लो स्तरको भएको भन्दै उनले तीन खेलाडीले ‘पेनाल्टी’ पाउने घोषणा गरेका छन् । उनले लिएका तीन खेलाडीको नाम ओमार हवसावी, अब्दुल्लाह मयोउफ र मोहमद अल सह्लावी रहेका छन् । साउदीको एक पत्रिकासँग कुरा गर्दै इज्जतले हारबाट आफुहरु निकै दुखि भएको बताउदै खेलाडीले आफ्नो क्षमताको पाँच प्रतिशत पनि नखेलेको बताए ।

खेलाडीलाई दिइने ‘पेनाल्टी’ बारे उनले स्पष्ट उल्लेख नगरेपछि खेलाडीलाई कस्तो कारवाही वा सजाय दिइने हो भन्ने बारे कौतुहलता बढेको छ ।

साउदीका जनरल स्पोर्ट्स अथोरिटीका चेयरमेन टुर्की बिन अब्दुलमोहसेनले पनि खेलाडीको आलोचना गर्दै असन्तुष्टि प्रदर्शन गरेका छन् । खेलाडीलाई पछिल्लो तीन बर्षदेखि उत्कृष्ट सुबिधा सहित राखिएको र विश्वको उत्कृष्ट प्रविधि उपलब्ध गराइएको भन्दै उनले खेलाडीले निकै तल्लो स्तरको फुटबल खेलेको बताए ।

साउदी अरबले समुह ए मा अब उरुग्वे र इजिप्टको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै