• २०८१ बैशाख १३ बिहीबार

सुपरम्यासिभ ब्ल्याकहोलले तारा निलेको दृश्यले चकित भए अनुसन्धानकर्ताहरु 

kharibot

तस्बिर : NASA/JPL-Caltech/JHU/UCSC/USA TODAY

एउटा सुपरम्यासिभ (भयंकर विशाल) ब्ल्याकहोलले तारा निलेको देखेर अनुसन्धाताहरु चकित भएका छन् ।

स्पेनको ग्रानाडामा रहेको एष्ट्रोफिजिकल इन्स्टिच्युट अफ आन्डुलुसियाका वैज्ञानिकहरु र फिनल्यान्डको युनिभर्सिटी अफ टुर्कुका वैज्ञानिकहरु गरी जम्मा ३६ जनाको वैज्ञानिक समूहले यस्तो दृश्यावलोकन गरेका हुन् ।

उनीहरुले सुपरम्यासिभ ब्ल्याकहोलको यस्तो कार्य रेडियो र टेलिस्कोपबाट तारामण्डलको अवलोकन गर्दै गर्दा फेला पारेका थिए । 

उक्त ब्ल्याकहोल १५ करोड प्रकाशवर्ष टाढा रहेको आर्प२९९ ग्यालेक्सी नजिकै रहेको थियो । जुन सूर्यभन्दा २ करोड गुणा ठूलो रहेको वैज्ञानिक आँकलन छ । उक्त ब्ल्याकहोलले निलेको तारा सूर्यभन्दा दुई गुणा ठूलो रहेको उनीहरुले बताएका छन् । 

यस प्रकृतिको आकाशीय परिघटनाको अवलोकनलाई वैज्ञानिकहरुले निकै दुर्लभ मानेका छन् । उनीहरुले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यस्तो खाले घटना प्रत्यक्ष रुपमा हामीले हेर्ने मौकै पाएका थिएनौँ ।’

रिसर्चरहरुले तारालाई ब्ल्याकहोलले खाने गरेको कुरामा स्पष्ट भए पनि उनीहरुले यस्तो दृश्य देखेको भने यो नै पहिलोपटक हो । 

ब्ल्याकहोलले तारा खाँदै गर्दा यसबाट उत्सर्जन भएका विकीरण र देखिने प्रकाशहरु ब्ल्याकहोलको वरिपरि घुमेको देख्न सकिने उनीहरुको भनाइ छ ।

वैज्ञानिकहरुले नेशनल साइन्स फाउन्डेसनको भेरी लंग बेसलाइन एरे (भीएलबीए) भन्ने राडारको प्रयोग गरी ग्यालेक्सीमा विष्फोट भएको जेट मटेरियल हेरेका थिए । जसले २५ मिटरको एन्टेना प्रयोग गरी अन्तरिक्षको गतिविधि रेकर्ड गर्छ । 

सुपरम्यासिभ ब्ल्याकहोलहरु ज्यादै नै शक्तिशाली र विशाल हुने गर्छन् । यस किसिमका ब्ल्याकहोलको गुरुत्वाकर्षण बल पनि तीव्र शक्तियुक्त हुने वैज्ञानिकहरु बताउँछन् । यस्ता ब्ल्याकहोलबाट प्रकाशले पनि उन्मुक्ति पाउँदैनन्, जसका कारण यसमा छिरेको प्रकाश बाहिर आउन सक्दैन । 

ब्ल्याकहोलहरु प्रायः सबै तारामण्डलमा रहेको मानिन्छ । तर यो दुर्लभ घटनाले भने वैज्ञानिकहरुलाई पनि केही पत्ता लगाउन सहज हुनसक्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै