• २०८१ बैशाख ८ शनिबार

सरकारबाट नझस्किन कांग्रेसलाई नेता माधव नेपालको सुुझाव

kharibot

रौतहट । पूुर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दुुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुुझाव दिए । 

गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा आयोजित एक कार्यक्रममा उहाँले सरकार सुुखी नेपाली र समृद्ध नेपाल बनाउन लागिरहेका बेला प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसलाई सरकारसँग न आत्तिन सुुझाव दिएका हुन् । 

देश विकासका निमित्त जनताले दिएको बहुमतको कदर गर्न तथा दुुईतिहाईको शक्ति नदेखाउन समेत उनले सरकारलाई सुुझाव दिए । उनले वर्तमान सरकार कसैको विरोधमा नरहेको बताउँदै नेता नेपालले देशको विकासमा हातेमालो गर्न कांग्रेसका नेताहरुलाई आग्रह गरे । 

ओली सरकार नयाँ नयाँ योजना ल्याएर किसान तथा गाँउको विकास गर्न तल्लिन रहेको बताउँदै उनले प्रदेश नं. २ को विकासको जिम्मेवारी पनि ओली सरकारकै काँधमा रहेको जिकिर गरे ।  गाँउ गाँउमा महिला जनप्रतिनिधि निर्वाचित हुुँदा महिलाको सम्मान बढेको बताउँदै नेता नेपालले महिलाले अवसर पाए पुुरुषको भन्दा राम्रो गरेर देखाइसकेको विचार व्यक्त गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै