• २०८१ बैशाख ६ बिहीबार

अफगानिस्तान पहिलो टेस्ट दोस्रो दिनमै पराजित, भारत इनिङ र २६२ रनले विजयी

kharibot

काठमाडौँ । अफगानिस्तान आफ्नो पहिलो टेस्ट दोस्रो दिनमा नै हारेको छ । पहिलो पारीमा १०९ रनमा अलआउट भएको अफगानिस्तान दोस्रो पारीमा १०६ रनमा अलआउट हुदै खेल इनिङ र २६२ रनले गुमाएको छ ।   

पहिला ब्याटिंग गरेको भारतलाई ४७४ रनमा अल आउट गरेको अफगानिस्तान भने केबल २७.५ ओभर मात्र खेल्दै १०९ रन बनाएर अल आउट हुदै फलो अनमा परेको थियो ।

अफगानिस्तान भारतले पहिलो पारीमा बनाएको ४७४ रनको आधारमा अझै ३६५ रनले पछाडी रहेको थियो भने दोस्रो पारीमा केबल १०६ रन मा अलआउट भएपछि आफ्नो पहिलो टेस्ट इनिङ र २६२ रनले गुमाएको छ ।

दोस्रो पारीमा पनि अफगानिस्तानको ब्याटिंग ध्वस्त भएको थियो । अफगानिस्तानका लागि हस्म्तुल्लाह शाहिदीले सर्वाधिक ३६ रन बनाए भने कप्तान अस्घर स्टैनिकजैले २५ रन बनाएका थिए ।त्यस्तौ मोघ्मद शाहजादले १३ रनको योगदान दिएका थिए ।

अफगानिस्तानलाई दोस्रो पारीमा छिटै अल आउट गर्नेक्रममा भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिए भने उमेश यादवले ३, इशान्त शर्माले २ र आर आश्विनले एक विकेट लिएका थिए ।

यसअघि अफगानिस्तानका लागि पहिलो पारीमा मोहमद नाबीले सर्वाधिक २४ रन बनाए भने मुजीब उर रहमानले १५, मोहमद सिराज र रहमत शाहले १४-१४ रन बनाएका थिए ।

अफगानिस्तानलाई सस्तैमा आउट गर्ने क्रममा भारतका आर आश्विनले सर्वाधिक ४ विकेट लिएका थिए भने इशान्त शर्मा र रविन्द्र जडेजाले २-२ विकेट लिए भने एक विकेट उमेश यादवले लिएका थिए । अफगानिस्तानको एक विकेट रन आउटको रुपमा खसेको थियो । 

यसअघि विहिबारदेखि सुरु भएको ऐतिहासिक टेस्टमा भारत टस जितेर पहिला ब्याटिंग गर्दै दोस्रो दिनको लन्च अगाडी ४७४ रन बनाउदै अलआउट भएको थियो ।

भारतका लागि ओपनर शिखर धवन र मुरली विजयले सेन्चुरी हानेका थिए । शिखर धवनले १०७ र मुरली विजयले १०५ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले ७१, केएल राहुलले ५४, र चैतेश्वर पुजाराले ३५ रन बनाएका थिए ।

अफगानिस्तानका बलर यामिन अहमदजैले सर्वाधिक ३ विकेट लिए भने राशिद खान र वफादारले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद नाबी र मुजीब उर रहमानले एक एक विकेट लिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै