• २०८१ बैशाख ८ शनिबार

मेयरले डोजर चलाउदा पत्रकारसहित ५ जना खोलामा 

kharibot

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले डोजर चलाउदा पत्रकारसहित ५ जना स्थानीय फिर्के खोलामा खसेर घाइते भएका छन् । 

महानगरपालिका अन्तर्गत फिर्के खोलाको किनारमा पैदलमार्ग निर्माणको शुभारम्भ गर्न गएका मेयर जिसीले डोजर चलाएर उद्घाटन गर्नेक्रममा गल्तिबस दोजा को लिभर दबाए पछि पर्खालमा लाग्न पुगेपछि पर्खालको रेलीङमा आड लाएर फोटो खिचिरहेका पत्रकार सहित ५ जना खोलामा खसेका थिए ।  

सो घटनामा गण्डक न्युजका पत्रकार रंजन अधिकारी र रेडियो अन्नपूर्णका संदेश श्रेष्ठ र स्थानीय गौरी पौडेल सहित ५ जना घाइते भएका थिए । 

घटनामा अन्यको अवस्था सामान्य भएपनि स्थानिय गौरी पौडेललाई बढी चोट लागेको बताइएको छ ।  उनको हाल मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै