• २०८१ बैशाख ७ शुक्रबार

भारत-अफगानिस्तान टेस्ट : भारत पहिलो पारीमा ४७४ रनमा अलआउट

kharibot

टेस्ट क्रिकेटमा भारतका कप्तान आजिख्य रहानेको विकेट लिए पछि खुशियाली मनाउदै अफगानिस्तानका बलर राशिद खान । तस्बीर : क्रिकइन्फो

काठमाडौँ । आफ्नो पहिलो अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट खेलिरहेको अफगानिस्तानले भारतलाई पहिलो टेस्टको दोस्रो दिन ४७४ रनमा अल आउट गरेको छ । 

विहिबारदेखि सुरु भएको ऐतिहासिक टेस्टमा भारत टस जितेर पहिला ब्याटिंग गर्दै दोस्रो दिनको लन्च अगाडी ४७४ रन बनाउदै अलआउट भएको छ ।

भारतका लागि ओपनर शिखर धवन र मुरली विजयले सेन्चुरी हानेका थिए । शिखर धवनले १०७ र मुरली विजयले १०५ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले ७१, केएल राहुलले ५४, र चैतेश्वर पुजाराले ३५ रन बनाएका थिए ।

अफगानिस्तानका बलर यामिन अहमदजैले सर्वाधिक ३ विकेट लिए भने राशिद खान र वफादारले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद नाबी र मुजीब उर रहमानले एक एक विकेट लिएका छन् ।

केहीबेरमा अफगानिस्तानले आफ्नो ब्याटिंगको पहिलो पारी सुरु गर्दै छ । गतबर्षको जुनमा आसीसीले टेस्ट मान्यता दिएको अफगानिस्तानले आफ्नो पहिलो ऐतिहासिक टेस्ट भारतविरुद्ध अहिले आएर खेल्दै छ ।    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै