• २०८१ बैशाख ४ मंगलबार

जनप्रतिनिधि फलोअप : प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म बस्ने विशिष्ट वडा नम्बर ३ 

kharibot

काठमाडौँ । महानगरपालिकाका ३२ वडा मध्येको ठूलो वडाको तहमा वडा नम्बर ३ रहेको छ  ।

दक्षिण-उत्तर     सांग्रीला होटल, देखि न्युरो हस्पिटल ,  पुर्वमा चक्रपथको भाटभटेनिदेखि पश्चिममा सामाखुसी चोकसम्म ३ नम्बर वडा पर्छ । 

अझ भनौँ, काठमाडौँ महानगरका ३२ वटा वडा मध्ये २६, २, ४, वडा सँगै, टोखा र बुढानीलकण्ठ नगरपालिका समेतलाई यस वडाले छोएको छ । 

स्थानीय तहको निर्वाचनपछि काठमाडौँ महानगरको पहिलो बोर्ड बैठकले  महानगरकभित्र विकास निर्माणलाई निरन्तरता दिन काठमाडौँ  महानगरका ३२ वडालाई ठूलो, सझौँला र सानो वडा गरेर तीन तहमा विभाजन गरेको थियो,  जसमध्ये यो वडा ठूलो वडामा परेको थियो  ।

महानगरले ठूलो वडालाई वार्षिक २ करोड २५ लाख , मझौलालाई  एक करोड २५ लाख र सानो वडालाई एक करोड ५ लाखदिने निर्णय गरेको थियो । 

महानगरको यसै निर्णय अनुसार अनुसार काठमाडौँ महानगरपालीका वडा नम्बर ३ लाई  ठूलो वडाको रुपमा वार्षिक  २ करोड  २५ लाख रुपैँया छुट्याएको छ  । ५० हजार जनसंख्या भएको यस वडामा ११ हजार मतदाताहरु रहेका छन्  ।

काठमाडौँ महामनगरपालीका वडा नम्बर  ३ मा  दिपक केसी वडा अध्यक्ष छन्  । उनी तत्कालिन एमाले र हाल नेकपाबाट विजयी भएका हुन् ।  उनीमात्र नभएर  वडाका सबै पदाधिकारीहरु नेकपाबाट नै निर्वाचित भएका थिए । 

खरीबोटसँग कुरा गर्दै वडाअध्यक्ष केसीले, ‘अति बिशिष्ट मानीने यस वडामा पानी पर्दा,  उपियाँ जस्तो उफ्रेर हिड्न नपरोस् ,  घाम लाग्दा अपराधि जस्तो मुख छोपेर हिड्न नपरोस, धारा खोल्दा एक गिलास पानी आवस् , गन्तब्यमा समयमा नै पुग्न सकियोस् र घर फर्कदा सकुशल फर्कन सक्ने वातावारण बनाउन लागि परेको छु ।’ उनले भने ।    

मानिसले भने जस्तो धेरै ठूलो कुरा हैन् नागरिकलाई हाल न्युनतम कुरा मात्र चाहिएको उनको भनाई छ । उनले भने, ‘समय परिवर्तन संगै मानिसका आबश्यकता पनि बढ्दै जान्छ तर काठमाडौँ मा जनताले अहिले साधारण कुरा मागेका छन् कि जुन कुरा समेत पुर्याउन सकिएको छैन्  ।’

यस वडाको बिशिष्टता यस्तो छ कि जँहा एउटै वडा भित्र हिजो राजादेखि आज राष्ट्रपतिसम्म बस्ने ठाउँ यसै वडामा पर्छ  । प्रधानमन्त्री र प्रधान्यायाधिशको निवास पनि यसै वडामा रहेको छ । 

आमाको गर्भमा रहेदेखि ब्रमनाल नपुगे सम्म सम्पुर्ण उपचार हुने  १८ वटा अस्पतालहरु यसै वडामा पर्छन्  । सार्कका ७ वटै राष्टको दुतावास यसै वडामा छ  । नेपालीहरु पढ्न र घुम्न र कामगर्न जाने मुलुकहरुको दुतावास समेत यसै वडामा पर्छ । त्यस्तै, आर्मी , प्रहरीको सेन्टर,  नेपालको एक मात्र बाल अस्पताल समेत यसै वडामा पर्छ त्यसैले त यस वडालाई अति बिशिष्ट वडाको रुपमा हेरिन्छ ।  

यति बिशिष्ट हुदाँ हुदै पनि यस वडामा धनाढ्यदेखि सुकुम्बासी र हुकुमबासीसमेत यस वडामा बस्ने गरेको पाइएको छ । रानीबारी जस्तो ३७ रोपनीको घना जंगल समेत यसै वडामा पर्छ । वडा अध्यक्ष केसी आफ्नो वडालाई राज्य भित्रको राज्यको रुपमा रहेको बताउछन् । उनी भन्छन् यस वडा जस्तो बिशिष्टताले भरिएको वडा शायदै छ होला । 

पुराना बस्तीहरुमा एकिकृत विकासमा जान नसक्नु काठमाडौँको प्रमुख समस्या भएको बताउदै उनले समग्र काठमाडौँलाई एकिकृत विकासमा लानु पर्नेमा जोड दिन्छन् । नगरपालिकाको बिचमा गोल घरमा बसेको जस्तो भएको छ, माथि र तल दुबैबाट फोहोर आउँछ, आफ्नो वडा मात्र सफा गरेर भएर माथिबाट त्यहि बगेर आउने उनी बताउछन् ।  

काठमाडौँ महानगरलाई चार भागमा बाडेर टंकेश्वरीदेखि वसन्तपुर हुँदैँ स्वयम्भु तथा ठमेल क्षेत्रलाई ऐतिहासिक  पर्यटकिय क्षेत्र , त्रिपरेश्वरदेखि थापाथली सम्मको भागलाई शिक्षा र स्वास्थ्यको हवको रुपमा लाने,  त्यसपछि पशुपतीदेखि बौद्ध,  गोकर्णेश्वर सम्मलाई धार्मिक क्षेत्र र तरकारी बजार लाग्ने र तरकारी आउँने बेल्टलाई बजार ब्यवस्थापनको रुपमा लान बिशेष योजना बनाउन सके हब र एकिकृत विकासको रुपमा लान सकिने उनी बताउछन् । आफ्नो आफ्नो वडाको सफाई गर्दा एउटा वडाको सफाई गर्दा अर्को वडामा जाने भएकाले  वडा मात्र नभएर समग्र काठमाडौँ महानगरको नै एकिकृत विकास गर्नुपर्ने केसीको भनाई छ । काठमाडौँलाई समग्र रुपमा बेल्ट बनाएर एकिकृत विकासमा जान सके २ वर्षमा काठमाडौँमा धेरै विकास हुने उनको भनाई छ  ।

आफु निर्वाचित भएर आएदेखि अध्यक्ष केसीले वडामा धेरै विकासका काम गरेको बताएका छन् । 

यसक्रममा अध्यारोमुक्त,  हरियाली, जेष्ठ नागरीक सम्मान,  बालबालीकामैत्रि वातावरण निमार्ण, आर्थिक रुपमा सम्पन्न बनाउन एक हजार भन्दा बढी महिलाहरुलाइ बिभिन्न तालिम प्रदान गरेको उनले बताए  । पूरुषको तुलनामा महिलाहरु धेरै अनुसाशित हुने भएकाले महिलालाई अगाडी बढाउनको लागि  सिप मुलक तथा आय मुलक कार्यक्रम दिइरहेको उनले बताए । 

जसमध्ये किस्टलको सामान बनाउँने , धुपबक्ति , साबन ,  लुगा सिउँने ,  अचार बनाउने ,बेकरी लगाएतको तालिम दिएको  र बजारको माग र आबश्यकता अनुसारको तालिमको साथै बजार आफुले दिने गरी उत्पादन गर्न लगाएको उनको भनाई छ । तर आर्थिक अवस्था कमजोर भएको कारण समाजमा महिलाहरुपछि परेको कुरा केसी स्वीकार गर्दैनन् सबै भार महिला माथि पर्ने भएकाले घरको सबै काम महिलाले गरेका छन् , तर समाजको दृष्टिकोण फरक भएको उनी स्वीकार गर्छन्  ।

मोटर साइकलको पछाडीको भागमा, जहाँ सबै इंन्जिनको भार पर्छ , त्यस्तै महिलामा पनि त्यस्तै भार थेग्न सक्ने क्षमता भएको बताउँछन्  । समाजमा उभिन सक्नुपर्छ, केहि गर्नुपर्छ भन्ने कुरामा वडा लागेको बताए । त्यस्तै,  उद्यमी महिला तालिम प्रदान गरेकाले बिना धितो १० लाखसम्म ऋणको लागि पनि लागि परेको उनको भनाई छ  ।

सुन्दा अचम्म लाग्ने तर यथार्थ कुरा ७० वर्षदेखियता  यस वडामा अध्यक्ष केसी कै परिवारले वडा प्रमुखको रुपमा काम गर्दे आएका छन् । २०४९ देखि ५६ सालसम्म दिपक आफै १० वर्ष सम्म वडा अध्यक्ष भएका थिए , र त्यसै समयमा मुल सडक बाहेक अन्त सडक नभएको र यो वडाको सबै बाटो , ढल , आफुले त्यतिबैलै निर्माण गरेको बताएका उनले हाल आफु बिगत  आफैले निर्माण गरेको सडक तथा ढलको सुन्दरताको लागी फिनिसिङ्गमा लागि परेको बताउँछन् , भन्छन् “मैले  १० वर्षको  समयमा सम्पुर्ण काम सम्पन्न गरेको थिए , हाल यसको फिनिसिङ्गमा जुटेको छु  ।”

तर काठमाडौँ महानगरले फोहोरलाई थुपार्न मात्र सिकेको तर त्यसलाई पुन प्रयोग गर्न नसिकेकोमा उनलाई धेरै पछुतो लागेको छ । फोहोर मध्येको ९५ प्रतीशत रिसाइकलीङ्ग गर्न सक्ने भएता पनि लामो समय सम्म त्यो गर्न नसक्नु बिडम्बना छ उनले भने  । त्यसैले केसी थप्छन् फोहोर भन्ने चिज नै छैन् फोहोर त हाम्रो मानसिकता हो । त्यसै महानगरपालिका साधन सम्पन्न बन्न नसक्नु पनि बिडम्बना छ उनले भने  । फालिएका तीनै सामानबनट आर्थिक उन्नती गर्न नसकेकोमा पछुतो उनलाई । सुरु बाट नै यी सबै चिजमा दिर्घकालीन सोच राखेर अघि बढेको भए आज काठमाडौँको विकास धेरै हुन्थ्यो भन्ने लाग्छ उनलाई  ।

काठमाडौँ महानगरपालिकामा अतिक्रमण भएका जग्गाहरु खोजी गर्दे र बिभिन्न निकायले भोग गरेको ३५ रोपनी जग्गा ल्याएको र त्यसै जग्गामा जेष्ठ नागरीक क्लब , पार्क निर्माण तथा भएकोलाई मेन्टेन र खुल्ला र ग्रीनरी बनाउँने र जनतालाई कसरी सुरक्षित बनाउने भन्ने योजना रहेको केसीले बताए । त्यसैले केसी भन्छन् समाज देश र राष्ट परिवर्तन गर्ने भनेको जनताको साथमा जनप्रतिनिधिले हो । 

बाटो , खानेपानी , ढल आदि जनताको अत्यावश्यक कुरा भएकाले त्यसमा सहकार्य र हातेमालो मात्र गरे पुग्छ त्यसैले त केसी भन्छन् काठमाडौँ को समग्र  विकासको लागि एकिकृत विकासमा जानु पर्छ । काठमाडौँ महानगरपालिका छाता भएर सबै नगरपालिकालाई एकै ठाउँमा राखेर  एकिकृत विकासमा जानै पर्छ  । 

७० वर्षको लामो इतिहास रचेको केसी परिवारले यस वडामा धेरै काम गरेको छ । दिपक आफै पनी अध्यक्ष तीन पटक अध्यक्ष भइसेकाछन् । आफुले गरेको सेवा र जनताले गरेको बिश्वास दुबै अतुलनीय रेहेको उनले बताए  । त्यसैले उनी भन्छन् ७० वर्ष सम्म आफु र आफ्नो परिवारलाई विश्वास गर्नुको कारण भनेकै सेयरिङ्ग  र केयरिङ्ग भएको केसी बताउँछन् । आफ्ना कुरा जनतासंग राख्ने र जनताका भावनालाई आफ्नो सम्झेर सेवा गर्न सके जनताको मन जित्न सकिने उनको धारणा छ  ।

जनता सहज छन् , पारिवारिक सम्मान,  साधारण समस्या समाधान गरे जनतालाई पुग्छ जनतासँग वडाबाट ठूलो आकांक्षा छैन्  तर ठूलो आकांक्षा जनप्रतीनिधिले बनाउनु ठूलो सपना देख्नुपर्छ भन्ने लाग्छ उनलाई  ।

जनता ज्ञानी छन्, हर्न नबजा भन्दा बनाउन छोडे  र यातायातलाई व्यवस्थित गर्न दुई पाङ्ग्रे सवारी साधन हटाउनु पर्छ भन्ने लाग्छ उनलाई आफुले निश्पक्ष भएर सेवा दिएको  र सेवा पछिको त्यो मुस्कान नै अमुल्य हो भन्ने उनको भनाई छ  ।
    
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै